• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

केबलकार निर्माणको प्रक्रिया पूरा नगरी भ्रम नछरौं: मन्त्री किरण गुरुङ

  •      /१५ फाल्गुन २०७५, बुधबार ०५:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा / कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ र घाँटीछिनादेखि पर्यटकीय क्षेत्र पञ्चासेसम्मको  केबलकार निर्माणको समाचार प्रकाशन भइरहेका छन् ।

    कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ८३ किलोमिटर केबलकार निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

    यो केबलकार निर्माणसम्बन्धी अन्य प्रक्रिया अगाडि बढिरहेको छ ।घाँटीछिनादेखि पर्यटकीय क्षेत्र पञ्चासेसम्मको केबलकार निर्माण प्रक्रिया अगाडि बढिसकेको निर्माण चरणमा प्रवेश गरिसकेको पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडले बताएको छ ।

    केबलकार निर्माणसम्बन्धी लगानी बोर्डमा लिमिटेडको प्रस्तुति र प्रस्तावमात्र पुगेको छ । निर्माण तथा सञ्चालनसम्बन्धी कुनै पनि समझदारी भइनसकेको लगानी बोर्डले जनाएको छ । लिमिटेडले स्थानीय सरकारसँग समझदारी गर्ने र निर्माण चरणमा प्रवेश गरेको बताइरहँदा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चासो व्यक्त गरेका छन् ।

    केबलकार निर्माण तथा सञ्चालन सम्बन्धी अनुमति वा समझदारी नै नगरी निर्माण प्रक्रिया अगाडि बढाइएकोप्रति अर्थमन्त्री गुरुङको आपत्ति छ । लिमिटेडले पोखरा महानगरपालिका पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकासँग केबलकार निर्माण सम्बन्धी समझदारी गरिसकेको छ । तर, निर्माणसम्बन्धी अनुमति नै प्राप्त नगरी निर्माण सुरु भएको, जग्गा प्राप्तिका लागि समझदारी भइसकेकोजस्ता कुराले भ्रम सिर्जना गरेको अर्थमन्त्री गुरुङको भनाइ छ ।

    मुख्य निकायसँग समझदारी नै नभइ अन्य निकायसँग समझदारी गर्नुको अर्थ नभएको उनको भनाइ छ । लगानी बोर्डमा प्रोजेक्ट पेस गर्दै लगानी गर्न पाऊँ भनेर निवेदनमात्र पुगेको तर अन्य प्रक्रियामा प्रवेश गर्ने बेला नै नभएको बोर्डका परामर्शदाता अक्षित पौडेलले बताए । ‘प्रस्तावमात्रै आएको हो, बोर्डको बैठक बसेर अनुमति दिएर समझदारी गर्ने निर्णय भइसकेको छैन,’ पौडेलले भने ।

    वन क्षेत्र अहिले प्रदेश मातहत छ तर प्रदेशमा त्यसको अनुमतिका लागि कुनै पनि सहकार्य नभएको अर्थमन्त्री गुरुङको भनाइ छ । ‘राष्ट्रिय वन प्रदेश सरकारको अधिनमा पर्छ । प्रदेश सरकारसँग पनि सहमति आवश्यक पर्ने होला,’ अर्थमन्त्री गुरुङले भने, ‘राज्यको सम्पत्तिमा कानुन विपरित जे मन लाग्छ, त्यही गर्न पाइँदैन ।’
    एआइए र डिपिआरसँगै अनुमति र सम्झौता भएपछिमात्र निर्माण चरणमा प्रवेश गर्ने बताउँदै अर्थमन्त्री गुरुङले पैसा उठाउनका लागि भ्रम फैलाएको गुनासो आफूकहाँ आएको जनाए ।

    केबलकार निर्माण चरणमा प्रवेश गरेको जानकारी दिँदै लिमिटेडले केबलकार निर्माण क्षेत्रमा पर्ने ३ हजार रोपनी जग्गा लिजमा लिन सम्झौता भइसकेको बताएको छ । तर, कुनै पनि सरकारसँग जग्गा लिजमा लिनेबारे सम्झौता भएको छैन । स्थानीय सरकारलाई जग्गा लिजमा दिने अधिकार नै छैन । लिमिटेडले जग्गा लिजमा लिन सम्झौता भइसकेको बताएकोप्रति अर्थमन्त्री गुरुङले आपत्ति जनाएका छन् /

    सम्बन्धित सरकार, स्थानीयसँगको समझदारी डिपिआरका लागिमात्र आवश्यक पर्ने लगानी बोर्डको भनाइ छ । पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले लगानी बोर्डबाट अनुमति प्राप्त गरिनसकेको भए पनि पछि आवश्यक पर्ने प्रक्रिया पूरा गर्दै गएको बताए । ‘हामीले शिलान्यास गरिसकेका छैनौं । स्थानीय तह र स्थानीयसँग छलफल र निर्माणसम्बन्धी समझदारीमात्रै गरेका हौं,’ शर्माले भने, ‘लगानी बोर्डसँग समझदारी गर्न यी कुरा चाहिन्छन् ।’

    केबलकार निजी, सामुदायिक र जनसहभागितामा निर्माण गरिने भनिएको केबलकारका लागि बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागिताबाट जुटाउने अध्यक्ष शर्माको भनाइ छ । झन्डै ११ अर्ब रुपैयाँ खर्च हुने भनिएको केबलकार निर्माण हचुवाको भरमा नभइ प्रक्रियागत र कानुनसम्बत गर्न अर्थमन्त्री गुरुङले आग्रह गरेका छन् ।

    स्रोत ; समाधान राष्ट्रिय दैनिक

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.