मन्त्री अधिकारीको शुक्रवार पोखरामा अन्त्यष्टि गरिने
/१६ फाल्गुन २०७५, बिहीबार ०७:१८ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
पोखरा । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरीक उड्डनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी शुक्रवार पोखरामा गरिने भएको छ।
कास्की क्षेत्र नं २ बाट निर्वाचत अधिकारीको गृहजिल्लामा भोली शुक्रवार श्रदान्जी सभाको आयोजनागरि अन्तिम दाहासंस्कार गरिने नेकपा संयन्त्र कास्कीका सदस्य दामोदर बैरागीले जानकारी दिएका छन्।
बैरागीले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गरिने छ। उनको शव काठमाण्डौं आएपछि टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ ।
‘त्यसपछि अधिकारीको शव नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र श्रद्धान्जलीको लागि राखिनेछ’ उनले भने।‘आजै सरकारले पनि सलामी सहित अन्तिम सम्मान गर्ने कार्यक्रम छ।तर, ठाउँ भने तोकिसकेको छैन।’
पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएपछि खुला मञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
भोलि (शुक्रबार) विहान अधिकारीको शव पोखरा ल्याउने तयारी भैरहेको छ । पोखरामा शव ल्याएपछि अन्तिम श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने बैरागीले बताए।

Related