कृष्ण अन्जान ज्ञवाली पोखरा / एभिन्युज प्रदेशिक व्युरो पोखरामा आफनो समाचार च्यम्वरमा बस्दै थिएँ ब्युरो प्रमुख कमल पाराजुली सरले झस्काउनु भो थाहा पाउनु भो रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भयो रे नि त ।शरिर थर्रर काम्यो कताकता मुटु दुखेजस्तो अप्ठ्यारो जस्तो भो ।अफिस को सोफामा वसेँ झ्याल बाट बाहिर हेरेँ आकास रुँदै थियो ।
दुर्घटनाको खवर एक पछि अर्को गर्दै अनलाइन टिभि हरुले दिने क्रम शुरु भो ।रविन्द कमरेडसँगै रहनु हुने अर्जुन अधिकारी सँग सम्पर्कको प्रयास गरे फोन ब्यस्त भयो ।अनलाइनहरुमा समाचार भरिन थाल्यो टेलिभिजन हरुले ब्रेकिगँ दिदै रहे मेरो मनले पनि ठाउँ छाड्यो ।सायद अब रविन्द्र अधिकारीलाई कहिल्यै नभेटने भइयो यो सन्त्रास मनमा उब्जि रह्यो र नियतिले त्यस्तै गरायो ।
रविन्द्र अधिकारी सहित सात जना तेरथुममा हेलिकप्टर दुर्घटनामा परि निधन भएको पुष्टि भयो ।बाहिर हेरे आकास रुँदै थियो कमल सर साथि प्रकाश र मेरा आँखा रसाए ।सधै हाँसि रहने एउटा आशालाग्दो कमरेड अव हामी बिच रहनु भएन ,पोखरा आउँदा धेरै जसो कार्यक्रम हरुमा भेट हुने के छ भन्दै
हँसिलो मुद्रामा हात मिलाउने कमरेड रविन्द्रको यसरी जीवन समाप्त होला भनेर कल्पना सम्म गर्न सकिने कुरा थिएन तर दैवको खेल कस्ले बुझ्ने रै छ र ।जीवनमा पहिलो पटक यतिठुलो निसव्धता र सुन्यताबोधको अनुभुति गरेँकि यो पिडाको बयान गर्न सक्दिन ।
भर्खर मात्र रविन्द्र अधिकारी लाई प्रमुख अतिथि बनाएर शुक्ला साहित्य प्रतिष्ठानको अधिवेशन गरेको सम्झना आयो त्यहि अधिवेशन बाट म सचिव छानिए र वहाँकै सहयोगले प्रतिष्ठानले भौतिक सुधार सुधार मात्रै गरेन वहाकै कारण सुविधा सम्पन्न कार्यालय समेत शुक्ला साहित्य प्रतिष्ठानको बन्यो ।
हामिले जहिले पनि हाम्रो लामाचौर बाटुले चौर क्षेत्रमा विकासका कुरा हुने वित्तीकै रविन्द्र अधिकारीलाइ सम्झि हाल्छौ आजै पनि कार्यालयमा समेत कमलसर प्रकाश र मैले एक प्रसँगमा रविन्द्र अधिकारीलाइ सम्झेका थियौँ ।
सधै पोखरा को विकासमा चिन्तित देखिने रविन्द्र कमरेड पोखरा आउँदा अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएकै हुन्थ्यो सँगै पोखराको समग्र विकासमा वहाको चासो रहन्थ्यो ।त्यस्तो ब्यक्ति नियतिले चटक्क चुँडेर लैजाँदा कस्को मन सम्हालिनॐछ र ।
अपरान्ह हाम्रो टोलि रविन्द्र अधिकारिको घर पुग्दा आँसुका भेल बग्दै थियो कसैले सुनायो आजै रविन्द्र अधिकारीको घरको फुलको रुख ढल्यो रे दिउसो फुलको रुख मात्र होइन सिँगो देशको धरोहर ढल्यो आज ।
समयले के यस्तो भयानक खेल खेल्यो मन भक्कानिएर आयो धेरै बेर त्यहाँ वस्न सकिन आकास त अविरल रुँदै थियो ।मलाइ पनि लेख्न मन लाग्यो /
मिलन त हाँसोमा
रम्ने गर्दछ
बिछोड त आँसुको
भेल होरे
मृत्यु त अवस्यँभावि छ
जिउनु त एउटा खेल होरे ।
श्रद्धाञ्जली रविन्द्र कमरेड ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा / एभिन्युज प्रदेशिक व्युरो पोखरामा आफनो समाचार च्यम्वरमा बस्दै थिएँ ब्युरो प्रमुख कमल पाराजुली सरले झस्काउनु भो थाहा पाउनु भो रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भयो रे नि त ।शरिर थर्रर काम्यो कताकता मुटु दुखेजस्तो अप्ठ्यारो जस्तो भो ।अफिस को सोफामा वसेँ झ्याल बाट बाहिर हेरेँ आकास रुँदै थियो ।

Related