मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याईंदै,प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संवाददाता
पोखरा । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी शुक्रबार पोखरामा हुने छ ।ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टी शुक्रबार गृहजिल्ला कास्कीको पोखरा स्थित रामघाटमा गरिने छ ।
सरकारले अधिकारीको अन्त्यष्टीका लागि पोखरा ब्यवस्था मिलाएपछि उनका बाबाआमा, छोरा र बहिनी बिहीबार नै पोखरा आएका छन् । अधिकाराीको शव अन्येष्टी अघि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
श्रद्धाञ्जलीका लागि अधिकारीको शव शुक्रबार दिउँसो १२ देखी ४ बजे सम्म प्रदर्शनी केन्द्रमा राखीने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
मन्त्री अधिकारीको शव काठमाडौंमा ११ बजेसम्म राखेर त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा ल्याइने बस्नेतले जानकारी दिए ।
श्रद्धाञ्जलीका लागि शव राखिने स्थल प्रदर्शनी केन्द्रमा नेता, कार्यकताए र सर्वसाधारण श्रद्धाञ्जली ब्याक्त गर्न र सहज वातावरण बनाउन अवस्यक तयारी गरिएको नेकपा संयन्त्र सदस्य दामोदर बैरागीले जानकारी दिए। उनले श्रद्धाञ्जलीका लागि शव राखिने स्थल, शवयात्राको लागि सवारी र भीड कमहुने गरी आवस्यक तयारी पूरा भएको बताए।
श्रद्धाञ्जली पछि प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरु भएको शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोकहुँदै रामघाटमा लगेर अन्त्येष्टी गरिनेछ । अधिकारीको राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघी नै निर्णय गरिसकेको छ ।
रामघाटमा राजकीय सम्मानका लागि नेपाली सेनाले सलामी दिने छ । अन्त्येष्टीमा उपप्रधानमन्त्री इश्वर पोख्रेल, नकेपाका नेता नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, बामदेव गौतम लगायतका नेताहरु पोखरा आउने छन् ।यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ ।
Related