• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मन्त्री अधिकारीको अवसान संगै ‘समृद्धिको सपना ढलेको त्यो कालो दिन’

  •      /१८ फाल्गुन २०७५, शनिबार ०६:१८ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । सपना उनिन्छन, वुनिन्छन, जोडिन्छन, तोडिन्छन तैपनि मानिस सपनाको नदीमा पौडी रहन्छ ,किनकी जीवन सपनाको नदी हो त्यहि नदिमा तैरिएर जीवनको अन्त्य हुन्छ ।

    कसैले व्यक्तीगत स्वार्थको सपना देख्छ त कसैले मुलुक समृद्धीको ,आज पहिलो पटक अनुभुति गरेंं रविन्द्र जसले मुलुक र आम नेपालीको समृद्धीको सपना देख्दै थिए धुवां सगै विलाए ।

    रविन्द्र अधिकारी मुलुकका लागि कहिल्यै नथाक्ने योद्धा जहिले पनि हंसिलो मुद्रामा कार्यकर्ता संग होस या आम नागरिक संग उनको एउटै व्यवहार न उतार न चढाव सायद यसैकारणले पनि उनको अन्तिम संस्कारमा मानव सागर उर्लियो ।

    शुक्रवार नयावजार पुग्दा हजारौं आंखाहरु रविन्द्रको प्रतिक्षामा थिए।,त्यहि नयाँवजार धेरै पटक रविन्द्र सजिव वनेर वोल्थे तर आज निर्जिव रविन्द्र वनेर आए तर त्यहां टांगिएका उनका पोष्टरहरु हेर्दा लग्थ्यो सायद रविन्द्र फेरि वोल्छन की ?

    पत्रकार मित्र भिमपाणी बरालले एउटा पोस्टर तिर देखांउदै भने हेर्नुस त अन्जान सर रविन्द्र भर्खरै वोल्छन जस्तै पोष्टर, एक पटक आंखा उठाएर हेरें त्यो पोष्टर सांच्चैे वोले जस्तै लाग्यो तर सवै भ्रम थियो ।

    मञ्चमा धेरै मान्छेहरु आए र सवैका आँखा रसाए , नेकपाका नेता वामदेव गौतम ,नारायण काजी श्रेष्ट ,इश्वर पोख्रेल,मेरा मित्र ठाकुर गैरे , मेरा आदरणीय राजनैतिक गुरु घनस्याम भुषाल ,नेपाली कांग्रेसका नेता तथा आदरणीय गुल्मेली दाइ चन्द्र भण्डारी सवैका मन भक्कानिएको अनुभव गरें ।

    नयाँवजारको भीड जहां सवै आँसु भित्र भलाकुसारी गर्थे ,सवैको एउटै कुरा थियो । सिंगो युगले रविन्द्र अधिकारी जस्तो नेता पाउने छैन ।हो यो एउटा सहि विष्लेशण हो आम कास्केली जनताको ।

    केही महिना अगाडी शुभेच्छा न्युजमा मैले एउटा समाचार लेखेका थिएं गुनासा सुन्न निर्वाचन क्षेत्र पुगे मन्त्रि रविन्द्र अधिकारी उनको एउटा स्वाभाव जनताका कुरा सुन्ने र आफुले सक्ने सहयोग गर्ने तर फोस्रा आश्वासन नवांड्ने ।

    पछिल्लो पटक स्थानिय तह ,संघ ,प्रदेशमा पदाशिन नेता हरुको हात मिलाउने र वात मिलाउन संस्कृति वढ्दै गर्दा मन्त्री रविन्द्र अधिकारीले अरु नेताले जस्तो हात मिलाउने र वात मिलाउने काम कहिल्यै गरेनन । जनताका माझ उनि पुग्दा कार्यकताका असंख्य निवेदन दर्ता भए र उनले सक्दो सहयोग पनि गरेका सयौ उदाहरण छन ।

    हो म पत्रकार सवै दुख, शुख ,पीडा ,व्यथा ,कथाकामा कलम चलाउन पर्छ ।तर बुधवार दिउसो यो घटना सुने पछि समाचार लेख्न पनि हात उठ्न मानिरहेका छैनन ।मुटु कताकत चसक्क दुख्छ र जतिवेला पनि रविन्द् अधिकारीले कुममा थप्थ्इपाउंदै हासेको याद झल्झल्ती आइरहन्छ ।

    यतिवेला कास्की शोकमा छ शिक्लेस होस या निर्मल पोखरी ,लुम्ले होस या अर्मला ,भरतपोखरी होस् या सल्यान ,सरांङकोट होस या काहुं,आर्वा होस या कालिका ,थुम्की होस या हंशपुर , रविन्द्र अधिकारीका लागि आंसु नवगेको कहां छ र? आफन्त त त्यसै पनि सुक्सुकाउंछन संगै शुभचिन्तक पनि अध्यारो कुनामा दुइ थोपा आंसु झार्छन किनकी विकास र समृद्धीको एउटा मियो सधैका लागि ढल्यो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.