• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा प्याराग्लाइडिङ दुर्घट्ना ; एक रुखमा झुण्डीए, एकको सेती बगरमा उद्धार

  •      /२० फाल्गुन २०७५, सोमबार १०:३७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा।पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ कास्कीको मादी गाउँपालिका छापचोकको जंगलमा दुर्घट्नामा परेकोछ।सराङकोटबाट फेवाताल किनारामा ल्याण्ड गर्ने गरी उडान गरेको प्याराग्लाइडिङ हावाको बेगसंगै बिपरित तर्फको मादी गाउँपालिकाको जंगलमा पुगेर रुखमा अल्झिएकोछ।

    स्थानीयले दिएको जानकारी अनुसार रसियन प्याराग्लाइडिङ पाइलट रुखमा अल्झिएका छन् ।पोखराको सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रुपमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

    उनका अनुसार ‘रुख निकै अग्लो छ अर्को रुखबाट उनको उद्धारको प्रयास भइरहेको छ। ‘अर्को रुखबाट डोरी लगाएर पाइलटलाई अर्को रुख सम्म ल्याइयो, तर, प्याराग्लाइडिङ अल्झीएको रुखका कारण तल झार्न कठिन भएको छ’ उनले भने। उनी अन्य साथीहरु सगँ प्याराग्लाइडिङमा उड्दै त्यहाँ पुगेका थिए। तर, अन्य पाइलटहरु सकुशल भुइमा झरे पनि उनी भने रुखमा अल्झेका हुन्।

    दुर्घटनामा परेका रसियन प्याराग्लाइडिङ गर्न करिब २ सय रसियन सहित पोखरा आएका थिए। त्यसै गरी सराङकोटबाट उडेको अर्को प्याराग्लाइडिङ ल्याण्डिग गर्ने क्रममा पोखरा १६ इन्जिनेरिङ्ग क्याम्पस पछाडि सेती बगरमा खसेको छ।

    प्याराग्लाइडिङ सेती बगरमा खसेपछि स्थानीय र प्रहरीले उद्धार गरेका छन्। प्याराग्लाइडिङ दुर्घटनामा परेकी काजिकिस्तानकी लिना रहेकी छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.