शुभेच्छा न्यूज संवाददाता
पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । तीन दिनदेखि यता लगातार दिनदिनै पोखरामा प्याराग्लाइडिङ दुर्घटना भइरहेकोछ।
एक जना विदेशीक मृत्यु भएको ४८ घण्टा नपुग्दै फेरी अर्को एक प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको हो । सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उठेको केही बेरमा सराङकोटमै खस्दा मृत्यु भएको कास्कीले प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्र गुरुङका सरांकोटबाट उडेको केहिबेरमा प्याराग्लाइडिङ दुर्घटना हुदा उनको मृत्यु भएको हो। उनको नाम भने खुलिसेको छैन ।
सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुईमा झरेका थिए भने अर्का रसीयन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।
आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरको प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए ।

Related