शुभेच्छा न्यूज संवाददाता कपिलवस्तु/कपिलवस्तुमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भागेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।
घटनाको पुष्टि गर्दै नवलपरासीका एसपी प्रहरी उपरीक्षक अच्यूत पुडासैनीले एनसेलको टावरमा आगजनी गर्ने संकास्पद व्यक्तिका रुपमा छानविन गर्न खोज्दा भागेपछि प्रहरीले गोली चलाएको बताए ।
प्रहरीले रोकाको शिवराज नगरपालिका वडा नं. ९ सुन्दरजाडास्थित घरमा छापा मार्न खोज्दा उनी भागेका थिए । रोका भागेपछि प्रहरीले फायर खोलेको थियो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेर घाइते भएका रोकाको बुटबल अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।
शुभेच्छा न्यूज संवाददाता
कपिलवस्तु/कपिलवस्तुमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भागेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।

Related