राष्ट्रपतिद्धारा पोखरा विन्ध्यवासिनीमा लिफ्ट उद्धाटन
/२३ फाल्गुन २०७५, बिहीबार १०:०८ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा ।ज्येष्ठ नागरिक, असक्त, अपाङता भएका व्यक्तिहरुको लागि लक्ष्यित गरेर विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा सञ्चालनमा आएकोछ। बिहिवार एक समारोहकाबीच राष्ट्रपति विध्या देवी भण्डारीले उद्धाटन गरिनन् ।
कार्यक्रमलाइ सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले पोखराको विन्ध्यवासिनी शक्तीपीठ प्रसिद्ध ऐतिहासिक शक्तीपिठ भएकोले यसको विकास र प्रवद्र्धन आवस्यक रहेको वताइन् ।
उनले पोखराको पर्यटन विकासमा पनि विन्ध्यवासिनी धार्मिक क्षेत्रले ठुलो महत्व राख्ने वताउंदै फरक क्षमता भएकाहरुका लागि लिफ्टको व्यवस्था गरेर विन्ध्यवासिनी धार्मीक क्षेत्र विकास समितीले अत्यन्तै राम्रो काम गरेको वताइन ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख वावुराम कुंवरले विन्ध्यवासिनी क्षेत्रमा पहिलो उपस्थीतिका लागि राष्ट्रपतिलाइ विशेष धन्यवाद ज्ञापन गरे ।गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले यस क्षेत्र ऐतिहासिक शक्तीपिठ विन्ध्यवासिनी क्षेत्रको विकासमा विन्ध्यवासिनी विकास समितीले गरेको यस प्रयास प्रति धन्यवाद ज्ञापन गर्दै यसैगरी सवै विकास निर्माणहरु अपांग अशक्त मैत्रि वनाउनु पर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिक, असक्क्त र अपाङगता भएका व्यक्ति सहित उनका सहयोगीहरुलाई समेत लिफ्ट सेवा उपलब्ध गराउने गरि धार्मिक स्थलमा निर्माण गरिएको यो पहिलो लिफ्ट सेवा हो। लिफ्ट सेवा लिन चाहने अन्य ब्याक्तीहरुलाई पनी समितिले निश्चित शुल्क लिएर सेवा संचालन गर्न सकिने धार्मिक विकास सकितीका अध्यक्ष गणेश वहादुर श्रेष्ठले वताए ।
उनका अनुसार अनुसार विगत ८ महिनामा उक्त लिफ्ट निमार्ण भएको र ६ सय ८० केजी तौल क्षमता रहेको लिफ्ट नेपालकै प्रतिष्ठित घराना लक्ष्मि ग्रुप , हुण्डाई कम्पनीले एक करोडको लागतमा निर्माण गिरिएको हो।
६० फुट अग्लो उक्त लिफ्ट सेवाबाट पोखराका बिभिन्न भागको दृश्यावलोकन समेत गर्न सकिने भएको अध्यक्ष श्रेष्ठले जनाए ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । ज्येष्ठ नागरिक, असक्त, अपाङता भएका व्यक्तिहरुको लागि लक्ष्यित गरेर विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा सञ्चालनमा आएकोछ। बिहिवार एक समारोहकाबीच राष्ट्रपति विध्या देवी भण्डारीले उद्धाटन गरिनन् ।

Related