नवीना लामाद्धारा रवीन्द्र अधिकारीको नाममा १ लाखको अक्षय कोष स्थापना
/२३ फाल्गुन २०७५, बिहीबार ०४:४८ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता पोखरा –हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना भएको छ।
बुधबार कीर्तिपुरमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा अक्षय कोषका लागि सांसद एवं अनेरस्ववियुकी अध्यक्ष नवीना लामाले एक लाख रुपैयाँ प्रदान गरिन्।
अक्षय कोष २० लाखको बनाउने योजना रहेको सांसद लामाले जानकारी दिइन्। ‘हामीले रवीन्द्र अधिकारीको नाममा २० लाखको अक्षय कोष स्थापना गर्ने योजना बनाएका हौं,’ लामाले भनिन्, ‘अक्षयकोषको मापदण्ड बनाएर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। ‘
कार्यक्रममा अनेरास्ववियूले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेको छ। अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा मंगलबार यससम्बन्धी निर्णय गरेको थियो।
शुभेच्छा न्यूज संवाददाता
पोखरा – हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना भएको छ।

Related