• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालमा भएका आन्दोलनले सवै तह र तप्काका अधिकार स्थापित गरेकोछ ; कानुन मन्त्री चुमान

"चेम्वर अफ कमर्सले गर्यो महिलालाइ सम्मान  "
  •      /२३ फाल्गुन २०७५, बिहीबार १५:२९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि वहादुर चुमानले नेपालमा विभिन्न काल खण्डमा भएका आन्दोलनहरुले सवै तह र तप्काका अधिकार स्थापित गरेको वताएका छन ।

    पोखरा चेम्वर अफ कमर्सले १०९ औं अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा आयोजना गरेको महिला सम्मान कार्यक्रमा वोल्दै मन्त्री चुमानले नेपालको संविधान विश्वको सवै भन्दा उत्कृष्ठ संविधान भएको वताए। उनले संविधानसंग वाझिएका कानुनहरु संशोधनको प्रकृयामा रहेकाले त्यसै अनुरुप सरकारले गरिरहेका कार्यहरु नदेखिएको वताए ।

    उनले अव कानुन निर्माणको प्रकृयामा रहेकाले सवै समस्या हल हुने विश्वास व्यक्त गर्दै महिलाहरुको समानकामको समान ज्यालाको माग पनि कानुनले समाधान गर्ने वताए ।

    गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले समाजमा लैंगिक आधारमा विभेद गरिए विकासका कार्यहरु अगाडि वढ्न नसक्ने वताइन ।उनले अव वन्ने कानुन महिलालाइ कुनै असर नपार्ने र महिला मैत्री कानुन वन्नेमा ढुक्क हुन सवैलाइ आग्रह गरिन् ।

    गण्डकी प्रदेश सांसद पुष्पा केसी भण्डारीले महिला आफै आत्म निर्मर हुनु पर्नेमा जोड दिंदै अव महिलाले गरेका सवै श्रमको हिसाव खोज्ने वेला भएको वताइन ।उनले राज्यले वनाउने कानुन महिलामुखी वन्ने धारणा राखिन ।

    कार्यक्रममा वोल्दै कास्की चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले चेम्वरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने आमा दिदी वहिनीलाइ सम्मान गर्न पाउंदा गर्व लागेको वताउंदै यो प्रकृया जारि रहने वताए ।उनले २ महिनाको अवधिका पोखरा चेम्वर अफ कमर्सले ६ सय सदस्य वनाएको २ वर्षमा कास्कीमा ५ हजार सदस्य पु¥याउने लक्ष लिएको वताए ।

    चेम्वरका सल्लाहकार यदुनाथ अधिकारीले चेम्वरले नारी दिवसको अवसरमा विभिन्न विधाका आमा दिदी वहिनी हरुलाइ सम्मान गरेर राम कामको थालनी गरेको वताए ।अन्तराष्ट्रिय नारी दिवसको अवसर पोखराका सात जना महिलालाइ सम्मान गरेको छ ।

    कास्की महिला चेम्वर अफ कमर्स गठन
    पोखराका महिला उध्यमीहरुले कास्की महिला चेम्वर अफ कमर्समा संगठित भएका छन ।विहिवार एक कार्यक्रमकाबीच गिता तिवारी गौतमको अध्यक्षतामा समिति घोषणा गरिएको छ ,।

    कार्य समितीको उपाध्यक्ष ,महासचिव ,कोषध्यक्ष ,सहसचिवमा क्रमश सुमन गुरुंग,संग्रिला मरासिनी,संगिता गौतम,राज कुमारी गौतम रहेका छन ।यसै गरि सदस्यहरमा रिना पौडेल,माया विक,ज्योति अधिकारी, विष्ण्ुा माया गुरुंग पुष्पा मरासिनी,लक्ष्मी देिि शमौ र कमला सुनार रहेका छन ,।

    कास्की चेम्वर अफ कमर्सले स्थापनको २ महिनामा संगठन निर्माण लगाएत व्यवसायिक हकहित वारे आफ्ना कार्यक्रम हरु गर्दै आइ रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.