• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पक्राउ परेका गण्डकी मेडिकल कलेजका २ कर्मचारीलाई ठगी मुद्धा

  •      /२४ फाल्गुन २०७५, शुक्रबार १५:४२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा ।सरकारले तोके भन्दा बढी शुल्क विद्यार्थीबाट लिएको आरोपमा आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका पूर्व प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण प्रसाद शर्मालाई ठगी मुद्धा दर्ता गरिएको छ ।

    कलेजमा अध्यायनरत बिद्यार्थीसंग ५३ करोड भन्दा बढी लिएको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीले बुधवार पक्राउ गरेको थियो। उनीहरु सहित कलेजका १० जना पदाधिकारीलाई पक्राउ गर्न अदालतले सिफारिस गरे लगत्तै प्रहरीले २ जनालाई पक्राउ गरेको छ। कलेजका प्रमुख सञ्चालक खुमा अर्याल सहितका अन्य पदाधिकारी फरार छन्।

    विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। दुवै जना बिरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्धा दायर गरेको हो । उनीहरु सहित कलेजका १० जनालाई पक्राउ गर्न बुधबार अदालतको सिफारिसमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

    कलेजका अध्यक्ष खुमा अर्याल सहित अन्यको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । उनका अनुसाार विद्यार्थीहरुसंग विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा अदालतको सिफारिसमा पक्राउ पुर्जी जारी गरिएको हो ।

    गत माघ १७ गतेदेखि आन्दोलित विद्यार्थीले वार्ताबाट सहमति जुट्ने नदेखेपछि सरकारले तोकेको शुल्क विपरीत मनपरी रुपमा कलेज प्रशासनले विद्यार्थीबाट रकम असुलेको भन्दै १० जना विरुद्ध मंगलबार सम्पत्ति शुद्धिकरण विभाग र प्रहरी कार्यालयमा उनीहरु विरुद्ध छुट्टाछुट्टै ठगी मुद्धामा उजुरी दिएका थिए।

    कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा रकम असुलेको दाबी गर्दै बिद्यार्थीले उजुरी दिएका हुन् ।

    सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ भन्दा बढि लिएको विद्यार्थीको आरोप छ । कलेजले विद्यार्थीबाट १० लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ ।

    अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर विद्यार्थी एक महिनादेखि आन्दोलन गर्दै आएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.