होमस्टे सञ्चालन सम्झौता ; गण्डकी प्रदेश सरकारले १ सय ९० होमस्टे सञ्चालन गर्दै
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पोखरा । आन्तरिक तथा बाह्यि पर्यटन प्रबद्र्धन गरी प्रदेशलाई आर्थिकरुपमा समृद्ध बनाउन गण्डकी प्रदेश सरकारले घोषणा गरेको होमस्टे ९घरबास० कार्यक्रम अगाडी बढेको छ।
प्रदेश सरकारको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले आन्तरिक तथा बाह्यि पर्यटन प्रबद्र्धनका लागि पहिलो चरणमा प्रदेशमा १ सय ९० सामुदायिक होमस्टे सञ्चालनको प्रक्रिया अगाडी बढाएको छ।
उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी होमस्टे सञ्चालनका लागि सम्झौतापत्र हस्तान्तरण गरिएको छ । आन्तरिक पर्यटन वर्ष २०१९ तथा होमस्टे प्रवद्र्धन कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल,सभामुख नेत्रनाथ अधिकारी र ११ का होमस्टे सञ्चालकले सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।
होमस्टेलाई आवश्यक पुर्वाधार निर्माणका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने छ । प्रक्रियामा परेका होमस्टेहरुले मात्र सरकारबाट आर्थिक सहयोग प्राप्त गर्ने छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ग्रामीण क्षेत्रका जनताको आर्थिक समृद्धिका लागि होमस्टे कार्यक्रमले सहयोग पुग्ने बताए। उनले गण्डकी प्रदेश पर्यटकीय दृष्टिले अब्बल रहेको बताउदै आन्तरिक तथा बाह्यि पर्यटन प्रबद्धनबाट गरिवी न्युनीकरण गर्न सकिने बताए। ‘प्रदेशमा रहेको गरिबीको सूचांकलाई ५ बर्ष भित्र देखिने गरी तलझार्ने गरी योजना बताएका छौ’ उनले भने।‘सरकारले प्रदेशमा ५ बर्षभित्र १४ प्रतिशत रहेको गरिवीलाई ७ प्रतिशतमा झार्ने छ। त्यसैगरी १२ बर्षभित्र प्रदेशको गरिबी २ प्रतिशतमा झार्ने योजना सहित काम अगाडी बढेको छ।’
मुख्यमन्त्री गुरुङले प्रदेशको समृद्ध पर्यटन, जलस्रोत र कृषीबाटै सम्भव रहेको बताए।सभामुख नेत्रनाथ अधिकारीले भाषणले भन्दा पनि काम गरेर समृद्धी हाँसिल गर्न सकिने बताए। ‘प्रदेशका विभिन्न स्थानका पर्यटकीय संभावना भएका क्षेत्रहरुको पहिचाहन गरेर आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्नुपर्छ’ उनले भने। ‘पर्यटनको बिकासबाटै प्रदेशको बिकास र समृद्धी सम्भव छ।’
सभामुख अधिकारीले नेपालको अवस्था सुनको थाल हातमा लिएर भिख माग्न बसेको जस्तो भएको भन्दै अब, विकास र समृद्धिमा दृढ भएर लाग्नुपर्ने बताए।
प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत आर्थिक वर्ष ०७५÷०७६ मा प्रदेशका विभिन्न ठाउँहरुमा ३ सय सामुदायिक होमस्टे बनाउने लक्ष्य लिएको छ।
पहिलो चरणमा पुर्वाधार निर्माणको लागि अनुदान रकमको ४० प्रतिशत होमस्टेको खातामा रकम जम्मा गरि सकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव वावुराम भण्डारीले प्रदेश सरकारले हामेस्टे सञ्चालन कार्यविधि, होमस्टे पुर्वाधार ब्यवस्थावपन गर्न ३० करोड बजेट विनियोजन गरेको बताए। उनले होमस्टे सञ्चालकलाई १ हप्ते आधाभूत तालिम सञ्चालन गरिएको जानकारी दिए।
प्रदेशका ११ जिल्लामा सञ्चालन हुने ११० वटा होमस्टे मध्ये म्याग्दीमा ४, स्याङजामा ४२, तनहुँमा ३३, पर्वत ४२, गोर्खा ९, मुस्ताङ ३, लमजुङ १४, नवलपुर ६, र मनाङमा २ होमस्टे संग पूँजीगत अनुदानका लागि सम्झौता गरिएको छ । विसं २०५४ साल मा नेपालमै पहिलो पटक स्याङजाको शिरुवारीमा होमस्टेको शुरुवात भएको थियो।
Related