शुभेच्छा न्यूज संवाददाता पोखरा ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सी आरोप लगाउनु अन्धविश्वास भएको बताउनुभएको छ।बोक्सी कु–प्रथा तथा प्रथा नभई अन्धविश्वास मात्र भएको उहाँको ठहर छ ।
अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’द्वारा निर्मित बोक्सी कु–प्रथा बिरुद्घको सामाजिक, शिक्षामुलक चलचित्र ‘अग्निदहन’को शुक्रवार बालुवाटारमा अवलोकन पछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरामा जोड दिए।
समाजमा गरिव तथा असाहय मानिसलाई बोक्सा बोक्सीको आरोप लगाउने गरेको तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अन्धविश्वासलाई प्रश्रय दिने अधिकार कसैसँग पनि नभएको औँल्याउनुभयो।नेपालको पहाडी तथा हिमाली क्षेत्रको तुलनामा तराई क्षेत्रमा बोक्सी कु–प्रथाले बढी जरो गाडेको औँल्याउनुभएका प्रधानमन्त्री ओलीले अभियानको संदेशलाई देशैभर लैजान सुझाव पनि दिए।
नेपाल सरकार अभियानको साथमा छ, अभियानले जनचेतना जगाउन राम्रै काम गरेको पाएको छु, चलचित्र चेतनामुलक लाग्यो भन्दै प्रधानमन्त्री ओलीले चलचित्रलाई भोजपुरी र मैथली भाषामा अनुवाद गरी तराईका जिल्लामा व्यापक प्रर्दशन गर्न आग्रह पनि गरे।
प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले अभियानमा स्पष्ट्र देखिने गरी साथ दिन सरकार समच्छे« माग गरे। ।उहाँले शिक्षा र चेतना बृद्घिका लागि प्रतिष्ठानले कार्य गरेको भन्दै आगामि १५ वर्षभित्र नेपालबाट बोक्सी कु–प्रथा अन्त्य गर्ने लक्ष्यका साथ प्रतिष्ठान अगाडि बढेको पनि जनाउनुभयो ।प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले नेपाल सरकारले अभियानलाई संरक्षकत्व प्रदान गर्नुपर्ने बताए।
त्यस अवसरमा गृह मन्त्री रामबहादुर थापा, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, मन्त्री पद्मा अर्याल, प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्य, प्रतिष्ठानका सल्लाहकार एवम् पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
शुभेच्छा न्यूज संवाददाता
पोखरा ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सी आरोप लगाउनु अन्धविश्वास भएको बताउनुभएको छ।बोक्सी कु–प्रथा तथा प्रथा नभई अन्धविश्वास मात्र भएको उहाँको ठहर छ ।

Related