‘तातोपानी कुण्डमा डुबुल्की मारेर नुहाउँदैमा आन्तरिक एकता हुदैन’ बरिष्ठ नेता पौडेल
तपाईको प्रतिक्रिया





पोखरा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानी कुण्डमा संगै डुबुल्की मारेर नुहाउँदैमा आन्तरिक एकता नहुने बताएका छन्। प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन कास्की काँग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भावनात्मक रुपमा एकता नभएको बताएका हुन्।
‘तातोपानी कुण्डमासंगै डुब्दैमा एकता हुँदैन । ब्यवाहारमा नभई मुखले हामी एक भयौं भन्दैमा एकता हुने होईन’ उनले भने।‘तातोपानीमा पौडी खेलेर एकता हुन्छ। तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भएको भनी प्रचार गर्नुको कुनै तुक छैन्।
नेता पौडेलले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार पूर्णरुपमा असफल भएको आरोप लगाए। ‘मुलुकमा शान्ति कायम गर्न, सुशासन तथा सुरक्षाका मामिलामा सरकार पुरै असफल भइसकेको छ, यसलाई आधार बनाएर नेपाली काँग्रेस जनताको माझमा जानुपर्छ’ उनले भने।‘निर्मला पन्तको घटना मात्र होइन, अन्य ठाउँहरुमा समेत हत्या, हिंसाका घटना घटिरहेका छन,सरकार नीरिह बनिरहेको छ, अपराधीको पत्ता लगाउन अझै पनि सकेको छैन।’
पौडेलले सिके राउतसँग सरकारले गरेको सम्झौता पारदर्शी हुनुपर्ने बताए। देशमा हत्या, हिंसा र बलात्कारका घटना दिनहूँ बढिरहेको भन्दै उनले सरकार सबै हिसावले असफल भइसकेको बताए। ‘दिनहुँ बलात्कार, हत्या हिंसकाका घट्ना भइरहेका छन’ उनले भने। निर्दोष नागरिक मारिने क्रम बढ्दोछ।’
Related