भूमिसम्बन्धि समस्या समाधान गर्न नसके कम्युनिष्ट सरकारको औचित्य रहन्न ; अध्यक्ष प्रचण्ड
तपाईको प्रतिक्रिया





पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको बिकास र समृद्धिसंगै भूमिसँग सम्बन्धि समस्या समाधान गरेर उत्पादन बृद्धि तर्फ लाग्ने बताएका छन्।
सोमबारबाट पोखरामा सुरु भएको राष्ट्रिय भुमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भूमिहीनहरुको समस्या समाधान गर्न नसके दुइतिहाइको कम्युनिष्ट सरकारको औचित्य समाप्त हुने बताएका हुन्।‘हामीले भुमिहीनहरुलाई मध्येनजर गर्दै कानुन निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएका छौं’उनले भने।‘त्यही नीति तथा कानुनलाई कार्यान्वयन गर्दै भु–उपयोग नीति अगाडि बढ्ने छ । भुमिहीन नागरिकले लालपुर्जा पाउने छन् ।’
नेकपा सरकारमा रहँदा भूमिसंग सम्बन्धित समस्या समाधान गर्न नसक्ने हो भने जनताले कम्युनिष्ट पार्टी भनेर बाँकी नराख्ने प्रचण्डको भनाई थियो ।निर्वाचनमा घोषणापत्रमा उल्लेख गरिएको प्रतिबद्धता अनुसार नै ४ बर्ष भित्र भूमिको समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो।‘एक वर्ष बितिसकेको छ,अबको ४ वर्षमा पनि भुमिहीन नागरिकहरुको समस्या समाधान गर्न सकेनौँ भने हाम्रो पार्टीको समेत औचित्य छैन, त्यसैले समस्याको समाधानका लागि हामीले पहल गरिरहेका छौँ’उनले भने।
सुकुम्वासी तथा भुमिहीनलाई अबको केही समयमा नै लालपुर्जा वितरण गरिने अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गरे। लालपुर्जा वितरण गर्न नसकेपनि केही समयका लागि नागरिकको पहिचान खुल्ने गरेर परिचयपत्रको व्यवस्था गर्न लागिएको समेत उनले बताए।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले भूउपयोग सम्बन्धि नीति बनिसकेकाले अव छिटै जमिनको वर्गीकरण गर्ने बताइन्। उनले भूमि बैंक मार्फत् कृषि तथा पशुपालन गर्न चाहने कृषकहरुलाई जमिन उपलब्ध गराइने बताइन्।
Related