• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकार र सिके राउतबीचको सम्झौता राष्ट्रघाती ; सभापति देउवा

  •    शुभेच्छा न्यूज संवाददाता  /२८ फाल्गुन २०७५, मंगलवार १३:०८ ,  प्रकाशीत
  • पोखरा । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले बिखण्डनकारी सिके राउतलाई राजनीतिकको मूलधारमा ल्याउन राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन््।

    नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले देश टुक्राउने र जनमत संग्रह माग्दै हिंड्ने सिकेराउत संग सरकारले मुलधारमा ल्याउदा देश टुक्रिन सक्ने बताएका हुन्।

    उनले प्रधानमन्त्री ओली र सिकेराउतले हस्ताक्षर गरे लगत्तै सिके राउतले जनमत संग्रहमा सहमति भएको कुरा बाहिर आएको बताउदै यस्ता देशद्रोहीलाई सरकारले मुलधारको राजनीतिमा ल्याउनु गतल भएको बताए।

    ‘प्रधानमन्त्री र सिके राउतबीचको सहमति लगत्तै जनमतसंग्रहको कुरा गर्नेलाई हामी कसरी स्वीकार्न सक्छौं’सभापति देउवाले भने, ‘यस विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिएका छैन्। जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’

    सरकारले देश टुक्राउने गरी गरेको सम्झौता आफ्नो पार्टीले कुनै पनि हालतमा मान्य नहुने नेता देउवाले बताए । सिके राउतसंग गरिएको सम्झौता राष्ट्रघाती कदमको रुपमा आफुहरुले लिएको उनले बताए । सिके राउतसंग सम्झौता गर्दा समेत सरकारले आफुहरुसंग छलफल नगरेको सभापति देउवाले आरोप लगाए ।

    सरकारले फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए ।उनले भने, प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने, अधिनायकवादतर्फ जान्छ । आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणी गरे ।

    सरकारले एक बर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउदै सभापति देउवाले अब काँग्रेसले सरकारका बिरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिए। सडकदेखि सदनसम्म सरकार बिरुद्ध आवाज उठाउदै आएको उनले बताए ।‘सरकारले विभिन्न नाउँमा संघीयतालाई असफल बनाउन लागिरहेको छ।यो काँग्रेसका लागि मान्य हुँदैन’ उनले भने ।

    संसदमा प्रतिपक्षको भूमिकालाई सशक्त पारेको बताउदै सभापति देउवाले काँग्रेसले सरकारका गतलकामका बिरुद्ध संसद् र सडकबाट खबरदारी गरिरहेको बताए। ‘तर सरकारले प्रतिवक्षको खवरदारी सुन्ने गरेको छैन’ उनले भने। ‘जनताले भोट दिने बेलामा एमालेलाई दिए, दुःखपाएपछि अहिले प्रतिपक्षको भूमिका खोज्न थाले।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.