लायन्समा चुनावी सरगर्मी शुरु ; श्रेष्ठ र आचार्यद्धारा सेकेन्ड भाइस गभर्नरमा उमेदवारी दर्ता
तपाईको प्रतिक्रिया





पोखरा। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनका लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा ध्रुव श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन कमिटि प्रमुख पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ र डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठलाई श्रेष्ठले सोमवार एक कार्यक्रम बीच उनले उम्मेदवारी प्रस्तुत गरि मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।
उनी नियमितरुपमा लायन्समा ४२ बर्षदेखि क्रियाशिल रहदै आएका छन्। श्रष्ठ समग्र डिष्ट्कमै लायन्सको योग्य र कुशल ब्यवस्थाककारुपमा चिनिन्छन। लायन्सले आयोजना गर्ने बिभिन्न रााष्ट्यि तथा अन्तराष्ट्यि कार्यक्रमहरु उनकै ब्यवस्थापनमा हुने गर्दै छन्। नेपालमा पहिलो पटक आयोजना गरिएको इसामे फोरम देखि अन्य कार्यक्रमहरुको ब्यवस्थापन उनकै अगुवाइमा भएको थियो।
वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठले आगामी वैशाख १३ र १४ गते पोखरामा लायन्सको महाधिवेशन गर्ने गरी ‘कन्भेन्सन कल’ गरेसँगै लायन्समा चुनावी माहोल बढेको हो ।
डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का डिष्ट्रिक्ट चिफ एडभाइजर समेत रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् । उनले केहिदिन अघि काठमाडौं, पोखरा र मोफसलका लायनहरुसँग परामर्श गरि मनोनयन दर्ता गरेका हुन ।
यस अगाडि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका सिनियर एओजि विशेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् ।
Related