‘बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं’ भन्दै पोखरामा युवाहरु बन्दको विरुद्ध सडकमा
"बन्दप्रति पोखरेली युवाको बढ्दो आक्रोश "
तपाईको प्रतिक्रिया





पोखरा / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको देशभर प्रभाब परेको छ ।सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले आज नेपाल बन्दको आव्हान गरेको हो ।
नेपाल बन्दको प्रभाब पोखरामा पनि परेको छ । पोखरामा विप्लवले आह्वान गरेको बन्दको विरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् । युवाहरुले ‘बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं भन्दै’ प्रदर्शन गरेका छन् ।
विवेकशील साझा पाटीमा आवद्ध युवाहरुको नेतृत्वमा स्थानिय युवाहरुले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’ बन्दको विकल्प खोजौँ’, ‘नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् ।
देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए ।
उनीहरुले वार्ताका माध्यमवाट समस्याको समाधान खोज्न विप्लव र सरकार पक्ष दुवैलाई आग्रह गरेका छन् । पार्टीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न पाउने अधिकार भए पनि बन्द हड्ताल जस्ता काम बन्द गर्नुपर्ने उनीहरुको भनाई छ ।
Related