पोखरा।नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले सरकारले नेत्रबिक्रम चन्द (बिप्लप)को पार्टीलाई प्रतिवन्ध लगाउनु अलाकतान्त्रीक भएको बताएका छन्।
प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लप माओवादीलाइ सरकारले प्रतिबन्ध लगाएर देशलाई द्धन्दमा धकेलेको आरोप लगाए।
‘विप्लवका गतिविधी माथी निगरानी गरेर नियन्त्रणमा लिनु पर्थो । पार्टीमाथी नै प्रतिवन्ध लगाउन मिल्दैन, उनले भने–राजनीतिक पार्टीमाथी प्रतिवन्ध गर्ने काम अलोकतान्त्रिक र संविधान विपरित हो ।’ नेता केसीले सरकारले पार्टीको मान्यता दिएको र स्थापित पार्टी भएका कारण उसले गरेका गतिविधिलाई नियन्त्रण गर्नु पर्ने बताउदै पार्टीलाई नै प्रतिवन्ध गर्नु सरकारको गैरकानुनी कार्यभएको बताए।
पूर्वमन्त्री समेत रहेका केसीले जनताको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्ने दायित्व सरकारको भएको भन्दै सीके राउतसँग भएको सम्झौता गलत भएको बताए ।
बिखण्डकारी नेता सीके राउतसंग आफ्नै पार्टी भित्र र प्रतिपक्षसंग छलफल समेत नगरी राष्ट्रघाती सम्झौता गरेको नेता केसीले आरोप लगाए। ‘सीके राउतसंग सरकारले सम्झौता गर्नु पर्नु पहिले पार्टी भित्र र बाहिर आवस्यक छलफल गरेर मात्र सम्झौता गर्नु पर्थो’उनले भने। ‘तर सीके राउतले जनमत संग्रहको कुरा गर्दा गर्दै देशलाई टुक्राउने सम्मको अभिव्क्ति दिनेलाई मुलधारको राजनीतिमा ल्याउनु दुःखद हो।’
नेता केसीले सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमती गर्नु नाटक भएको टिप्पणी समेत गरे । ‘विखण्डनकारीलाई जेलबाट छुटाएर ११ बुँदे सहमति गर्नु नाटकीय शैली हो’उनले भने।
ओली सरकारको एकबर्ष काण्डैकाण्डले बितेको दावी गर्दै नेता केसीले वाईडवडी, एनसेल, ३३ केजी सुन र निर्मला हत्या काण्डले सरकारको असली अनुहार उदांगीएको उनले आरोप लागाए।

Related