• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राष्ट्रवादीको नेपाल गाथा ; जेनेभा पुगेर फणीन्द्र नेपालले उठाए ग्रेटर नेपालको मुद्दा

"नेपाली हुनुको नेपाल प्रेम "
  •    शुभेच्छा न्यूज संवाददाता  /१ चैत्र २०७५, शुक्रबार ०७:२६ ,  प्रकाशीत
  • काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाएका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले परिषदको ४० औं सत्रमा सो माग दर्ज गराएका हुन् ।

    नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताए । साथै उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको उनको भनाइ थियो ।

    गैरसरकारी प्रतिनिधिका रुपमा बैठकमा भाग लिन पुगेका नेपालले भने, ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दवफ १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ । त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।’

    उनले सीमा क्षेत्रमा पिल्लरहरु जथाभावी उखेलेर भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेको पनि बताए ।‘आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको छ ।

    ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् । आफ्नो भूमिमा विदेशी सेनाको उपस्थिति कुनै पनि देशको सार्वभौमिकताका लागि ठट्टा हो । म राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिररुपमा लिइदिन अनुरोध गर्छु,’ नेपालले भने ।

    आफूले बोलेका कुरा संयुक्त राष्ट्रसंघको वार्षिक र आवधिक प्रतिवेदनमा लिपिबद्ध हुने नेपालले अनलाइनखबरसँग बताए । ‘लामो प्रयासपछि हामी त्यो मञ्चमा पुग्न सफल भएका हौं, यो आफैंमा एउटा ऐतिहासिक क्षण हो,’ उनले जेनेभाबाट भने ।

    आजको वैठकको एजेन्डा ‘मानवअधिकार समस्या जसमा परिषदको ध्यान जानुपर्छ’ भन्ने थियो । वैठकमा करिब १ सय ४० वटा गैरसरकारी संस्थाका प्रतिनिधिले आफ्नो देशको समस्या सुनाएको नेपालले जानकारी दिए
    ।sorce onlinekhabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.