पोखरा–पहाडी क्षेत्रमा घोडा दौडमार्फत पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले आगामी चैत ६ गते घान्द्रुकमा आयोजना गर्न लागिएको खुल्ला घोडा दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।
घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको दोस्रो घोडा दौड प्रतियोगिताको सवै तयारी पुरा भएको शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
साहसिक खेलको रुपमा चर्चित घोडा दौड प्रतियोगिताले स्वदेशी तथा विदेशी पर्यटकको मन जितेर पर्यटनको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । ‘घोडा दौड प्रतियोगिताले पर्यटकिय देश नेपालको पहाडी र हिमाली क्षेत्रलाई साहसिक खेल घोडा दौडको लागि उपयुक्त छ भनेर अन्तराष्ट्रिय जगतमा चिनाउने हाम्रो विश्वास छ,’ आयोजक समितिका अध्यक्ष यमवहादुर गुरुङ्गले भने ‘पहिलो प्रतियोगितामा जम्मा १८ जना सहभागि भएकोमा यसपालि भने ५० जना भन्दा बढी सहभागि हुने पक्का भईसकेको छ ।
प्रतियोगिताका विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार, तेस्रोलाई २० हजार रुपयाँसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । सहभागिहरुलाई सवैलाई प्रमाणपत्र प्रदान गरिने आयोजक प्रचार प्रसार समितिका संयोजक अमृत गुरुङ्गले जानकारी दिए ।

Related