• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको याङ्जाकोटमा बर्डफ्यू भेटियो

  •    शुभेच्छा न्यूज संवाददाता  /४ चैत्र २०७५, सोमबार ०९:०९ ,  प्रकाशीत
  • पोखरा । कास्कीको मादी गाउँपालिकामा बर्डफ्यू भेटिएको छ ।मादी गाउँपालिका वडा नंम्वर ३ याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भेटिएको हो।

    मादी गाउँपालिका ३ की सन्तुदेवी परियार पालेका कुखुरामा बर्डफ्यु जीवाणु भेटिएको पशुपंक्षी रोग अन्बेषण कन्टोल रुमका प्रवक्ता डा कृष्ण न्यौपानेले जानकारी दिए ।
    परियारले पालेका कुखुरा मर्न थाले पछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परिक्षणका लागि पठाउदा बर्डफ्यु भेटिपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए ।

    याङ्जाकोटका स्थानीयले पालेका कुखुरा मर्न थालेपछि ५० नमूना संकलन गरी शंकास्पद नमूना परीक्षण गर्दा बर्डफ्लू जीवाणु (भाइरस) एच ५ एन वानको संक्रमण देखिएको हो।

    संकलन गरी नमूना परिक्षण गर्दा जीवाणु भेटिएपछि पुन केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाउँदा समेत बर्ड फ्लू भाइरस देखिए पछि नियन्त्रणका लागि टोली परिचालन गरिएको नौपानेले जानकारी दिए ।

    बर्डफ्यु लागेको क्षेत्रमा चारकिल्ला लगाएर बर्डफ्लू संक्रमित कुखुरा नष्ट नष्ट गरीएको छ। सो क्षेत्रमा कुखुरा र दानाहरु आयत र निर्यात गर्न समेत रोक लगाईएको छ ।

    जिल्ला प्रशासन कार्यालय कास्की बर्डफ्लू रोग नियन्त्रक कक्षका सूचना अधिकारी डा. गृष्म न्यौपानेका अनुसार आइतबार मन्त्रीस्तरिय निर्णय अनुसार तत्काल रोग नियन्त्रणका लागि पत्र प्राप्त भएपछि आज बिहान प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा बैठक बसेको थियो ।

    बैठक पछि सक्रमण कन्ट्रोल इञ्चार्ज डा. केदार राज पाण्डे सहितको टोली रोग नियन्त्रणका लागि खटिएका छन् । पोखरा भन्दा पहिले मकवानपुर र काठमाडौमा पनि बर्डफ्लूको संक्रमण देखीएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.