• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा अन्तर्राष्ट्रिय बिमानस्थत निर्माण तीव्र, डेडबर्षमा ३० प्रतिशत काम सकियो

  •    शुभेच्छा न्यूज संवाददाता  /५ चैत्र २०७५, मंगलवार १४:५५ ,  प्रकाशीत
  • पोखरा, चैत ५ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले मंगलबार निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेकी छन् । विमानस्थल निर्माणका लागि पुगेकी उनले विमानस्थल निर्माणमा भैरहेका काम बारे चासो राखेकी थिइन् ।

    उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीले अहिलेसम्म निर्माणमा भएको प्रगति बारे जानकारी गराएका थिए । निर्माणको काम तीव्र रुपमा भएकोमा खुसी व्यक्त गर्दै उनले यही गतिमा निर्माण कार्यलाइ निरन्तरता दिन सुझाव दिइन् । उनले राष्ट्रिय गौरवको आयोजना भएकाले पोखरेलीको मात्रै नभएर देशकै चासो रहेको भन्दै ढिला गर्न नहुनेमा जोड दिइन ।

    उपप्रमुख गुरुङले विमानस्थल निर्माणले पोखरा र गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिको ढोका खुल्ने बताइन् । उनले बाह्य पर्यटक सिधै पोखरा आउने भएकाले यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् ।

    उनले पोखरा अन्तराष्ट्रिय शहरका रुपमा विकास हुने भएकाले विमानस्थल निर्माणसंगै अन्य भौतिक पूर्वाधार निर्माणमा ध्यान दिइने बताइन् । विमानस्थल निर्माणसंगै पृथ्वीचोकदेखि कोक्रेसम्मको सडक फराकिलो बनाउने तर्फ ध्यान दिइने बताइन् ।

    निर्माण कार्य सुरु भएको १४ महिनामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकोे काम ३० प्रतिशत सकिएको छ । वि.स.२०३२ सालमा विमानस्थल निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि विभिन्न कारणले निर्माणको काम सुरु हुन सकेको थिएन् । त्यसैले अझै पनि विमानस्थल बन्छ भन्नेमा शंका ब्यक्त हुने गरेको छ ।

    तर विमानस्थलमा भैरहेको कामले विमानस्थल समयमै सम्पन्न हुनेमा शंका नभएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मी बताउछन् । सन् २०२१ को जुलाई १० मा सक्नु पर्ने सम्झौता भएपनि तोकिएको समय सिमा भन्दा ६ महिना अघि नै सक्ने गरी काम युद्ध स्तरमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीको भनाई छ ।

    अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लेने स्थान),ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको छ ।

    १४ महिनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेकोले समय सिमा भन्दा छिटै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने मुनानकर्मीले बताउनुभयो । विमानस्थलभित्र १४ वटा भवन निर्माण हुने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.