गुल्मीको रुरु क्षेत्र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै
कृष्ण अन्जान ज्ञवाली /५ चैत्र २०७५, मंगलवार ०५:३० , प्रकाशीत
गुल्मी । नेपालको ऐतिहासिक तथा धार्मिक स्थल रुरु क्षेत्र धार्मिक पर्यटन स्थलको रुपमा विकास हुने थालेको छ। यहाँका धार्मिक तथा पुरातात्त्विक महत्वका स्थलहरुको पुनर्निर्माणसंगै भौतिक बिकासले गतिलिएपछि तिर्थाटनको लागि आउने धार्मीक पर्यटकको संख्यामा उल्लेख्य बृद्धी भएकोछ।
बिशेषगरी जिल्लाका विभिन्न स्थनहरुलाई जोड्ने झोलुङ्गे पुलहरुको निर्माण संगै स्याङजा, पर्वत र गुल्मी जिल्लाका बिभिन्न स्थानहरुबाट तिर्थाटनको लागि आउन धार्मिक पर्यटकलाई सहज भएको स्थानीय बिनोद ज्ञवालीले बताए।
ऋषिकेष मन्दिर क्षेत्र, देवदत्त पार्क ,रिडी बजार ,अगर्ली दरवार ,कुडापानी ,भृगुतुगेंस्वर क्षेत्र समेटिएको रुरु क्षेत्र वास्तवमै वहुआयामिक रुपमा धार्मिक पर्यटनको संभावना बोकेको उनको भनाईछ।
उनका अनुसार यश क्षेत्रमा एकादशि माघेसक्रान्ति ,बैशाखे संक्रान्ति लगायतका धार्मीक महत्वका दिनहरुमा लाग्ने मेला महोत्सव र विभिन्न तिथीमितिमा वर्षै भरि काली गण्डकी नदी र मठमन्दिरमा दर्शन गर्नेको भिड नै लाग्ने गरेको छ ।
धार्मीक पर्यटकको क्रमश बिद्धी भएपछि रुरु क्षेत्रमा पर्ने च्युरेक, लिची लगायत रिडी सँगै जोडिएका अन्य गाउँमा होमस्टे सन्चालनमा आएको छन्। प्रशिद्ध तिर्थाटनका रुपमा प्रसिद्ध रुरु क्षेत्रमा आउने आन्तरिक तथा भारतिय पर्यटकलाइ प्रबद्र्धन गर्ने उदेस्यले च्युरेक गाउँमा होमस्टेको सम्भावना बढ्न थालेको हो।
रोजगारी र अवसरको खोजीमा अधिकांशले गाउँ छाडेपछि रित्ता भएका गाउँबस्तीमा होमस्टे सञ्चालन गर्न सके गाउँबाट पलायन हुने क्रम रोक्न सकिने स्थानीय दिनानाथ ज्ञवाली बताउँछन्। ज्ञवालीका अनुसार स्थानीय युवाहरुको पलायनलाई रोक्न गाउँमा आर्थिक समृद्धिका बिभिन्न कार्यक्रम र योजनाहरु सञ्चालान गर्न आवस्यक छ। यसकालागि स्थानीय सरकार, जनप्रतिनिधि र राजनैतिक पार्टीहरुले तत्काल पहल थाल्न आवस्यक छ।
च्युरेक गाउँका अभियान्ता र सामाजिक संघसँस्थाको प्रयासमा गाउँलाइ समृद्ध बनाउन च्युरेक होमस्टे सञ्चालनमा ल्याउन आवस्यक पहल थाल्नुपर्ने धारणाको विकासका लागि पहल थालिनु पर्ने स्थनिय बलराम ज्ञवालीले बताए ।
‘स्थानिय उत्पादनको संवाद सँगै धार्मिक भजन किर्तन सहितको आतिथ्यताले रुरु क्षेत्रमा घुुम्न आउने पर्यटकको बसाइ लम्वयाउने तर्फ ध्यान जानू जरुरीछ’ उनले भने।

Related