• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रचण्डलाई पक्राउ गर्न भन्दै उजुरी हाल्ने को हुन् श्रेष्ठ ?

  •    शुभेच्छा न्यूज संवाददाता  /५ चैत्र २०७५, मंगलवार १५:५१ ,  प्रकाशीत
  • पोखरा, चैत ५ गते ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका पुगेका छन् ।
    पत्नीको उपचारमा अमेरिका पुगेका प्रचण्डविरुद्ध अमेरिकामा एक ब्यक्तिले उजुरी गरेकोे छ ।

    उजुरी गर्ने ब्यक्ति केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् ।

    अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ ।प्रचण्डमाथि युद्ध अपराध गरेको, मानवअधिकार उल्लंघन गरेको आरोप लागेकाले उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

    प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, विषय–एउटा आतंककारी अमेरिका घुुमिरहेको छ (उजुरीसहित) पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको थियो ।

    केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले उक्त उजुरी गरेका हुन् । उजुरीको शीर्षकमा उनले ‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भनी लेखेका छन् ।

    व्युरोमा पठाइएको उजुरीमा श्रेष्ठले ‘आतंककारीका नामले चिनने पुष्पकमल दाहाल जसलाई प्रचण्ड पनि भनेर चिनिन्छ उनी नेपालबाट यसै साता अमेरिका आई पुगेका छन् ।’

    उजुरीमा अघि लेखिएको छ,‘उनी अमेरिकाको आतंककारी सूचीमा छन् । उनको अभियानका क्रममा नेपालका १७ हजार गरिब मारिएका थिए । अध्यक्ष दाहाल जोन हपिक्न्स अस्पतालमा पत्नी सीता दाहालको उपचारका लागि पुगेका हुन् ।

    उजुरीमा उल्लेख छ,‘कृपया आतंकवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक र विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् । मलाई थाहा छैन कहाँ उजुरी गर्ने, कृपया यसलाई सम्बन्धीत निकायमा जानकारी गराइयोस् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.