नेपालकै एक मात्र लिची गाउँ, जहाँ लिचीको ७० बर्षे इतिहाँस कायम छ
कृष्ण अन्जान ज्ञवाली /६ चैत्र २०७५, बुधबार १०:१५ , प्रकाशीत
गुल्मी ६ चैत। तानसेन रिडी तम्घास मोटरबाटो हुदै साल विसौनादेखि करिव २ किलोमिटर कच्ची सडकको यात्रा पछि शुरु हुन्छ च्युरेक गाउँ। यो एउटा नेपालको लिची गाउँ नामाकरण गरिएको एकमात्र गाउँ हो ।
नेपालकै ऐतिहासिक रुरु क्षेत्र भित्रको रुरु गाउँ पालिका वडा न १ मा पर्ने यो च्युरेक गाउँ जहाँ हरेक घरमा लिची खेती छ ।फागुन लागेपछि फुल लाग्ने लिची जेठको अन्तिममा राताम्मे भएर पाकीसक्छ ।
स्थानिय बलराम ज्ञवालीका अनुसार हरेक घरमा लिची छन र पाकेपछि बुटवल तानसेन तथा स्थानिय रिडी बलेटक्सारका व्यापारीहरु घरमै आएर लिची खरिदगरी लाने गर्दछन ।
यहाको लिचीले करिव ७० बर्षको इतिहास पार गर्दैछ ।त्यतिवेला यस गाउँका डिल्लीराम ज्ञवाली र लोक बहादुर खत्रीले त्रिवेणी मेला भर्न जाँदा एक एक वटा लिचीका विरुवा ल्याएर आफ्नो घरमा रोपे ति विरुवा अझै छन र राम्रो फल पनि दिने गरेका छन ।त्यस पछि केदार नाथ ज्ञवाली जिम्माल बा ले बारी भरि व्यवसायिक रुपमा लिची खेती शुरु गरे उनको सिको गर्दै गाउँ भरी लिचीको व्यवसायिक खेती शुरु भयो ।
लिची गाउँ च्युरेकले वर्षेनी लाखौँको लिची निर्यात गर्ने हैसियत राख्छ ।प्रत्येक बर्ष असार २ गते च्युरेक गाउँले लिची महोत्सव आयोजना गर्दै आइरहेको च्युरेक गाउँका युवराज ज्ञवालीको भनाइ छ ।
सडक सन्जालको पहुँच नजिकै रहेको यो लिची गाउँको उत्पादन लिचीको बजारिकरण पनि सजिलो भएको छ ।यो गाउँका स्यालपोखरी ,नेटाइ पोखरी ,ठुलापोखरा , ठाडाबाट ,बिसौना ,बुढाआँप टोलहरु लिची उत्पादनका पकेट क्षेत्र हुन ।
बढ्दो बसाइ सराइले यो गाउँलाइ प्रभावित पारेको पाइएको छ तर गाउँमा वस्ने ले लिची गाउँको अस्तित्वलाइ धानेका छन ।रुरु क्षेत्र धार्मिक पर्यटकिय स्थल बन्दै गर्दा च्युरेक गाउँले होमस्टेको राम्रो सँभावना बोक्न सक्छ।

Related