• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्धन गर्न ‘मौलिक साँस्कृतिक महत्व झल्कने’ रिर्सोट

"पोखरामा आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्धन गर्न युवा ब्यावसयीको नयाँ सोच "
  •    दिपेन्द्र पौडेल  /७ चैत्र २०७५, बिहीबार १५:०७ ,  प्रकाशीत
  • पोखरा। नेपालमा पछिल्लो समयमा बढ्दो घुम्ने संस्कृतिको बिकास संगै आन्तरिक तथा बाह्यि पर्यटक बढ्न थालेपछि होटल, रिसोर्ट र होमस्टेहरु खोल्ने क्रम बढ्न थालेको छ। यसैक्रममा पोखराका युवा ब्यावसायी प्रेमबहादुर कार्की (प्रकाश) ले मौलिक कला र संस्कृति झल्कने “द कल्चरल रिर्सोट” सञ्चालनमा ल्याएका छन्।

    उनले नेपाली समाजका पुराना कला, संस्कृति तथा संस्कारलाई झल्कने गरी आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई आकर्षण गर्न छुट्टै बिशेषता सहितको सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।

    कार्कीले पोखरा भित्रीने आन्तरिक तथा बाह्यि पर्यटकलाई मध्यनजर गरी पोखराको लेकसाइड नजिकै सेदीमा मौलिक शैलीमा नयाँ रिर्सोट सञ्चालनमा ल्याएका हुन्। युवा ब्यवसायी काकीले आफ्नो एकल लगानीमा “द कल्चरल रिर्सोट” सञ्चालनमा ल्याएका हुन्।

    करिब साढे ६ रोपनी क्षेत्रफलमा नेपाली कला र संस्कृति झल्कने गरी आन्तरिक तथा बाह्यि पर्यटकलाई नयाँ अनुभूति दिलाउने गरी आठ कारोडको लागतमा रिसोर्ट सञ्चालनमा ल्याएको कार्कीले बताए। रिसोर्टलाई तीन चरण गरी सञ्चालनमा ल्याउने उनले दावी गरे। ‘रिसोर्टले देशको मौलिक काला र पुरात्तात्विक पक्षको संरक्षण गर्ने गरी तीन चरणमा सञ्चालानमा ल्याउने छौ’ कार्कीले भने।

    रिसोर्टको प्रथम चरणको उद्घाटन चर्चित फिल्म छक्का पञ्जाका नायक दिपकराज गिरी र जीतु नेपाल लगायतले गत कार्तिकमा गरेका थिए।

    रिसोर्टको अब केही समयमा सफ्ट ओपनिङ र ग्राण्ड ओपनिङ गर्ने योजना बनाएको सञ्चालक कार्कीले बताए । सञ्चालक कार्कीका अनुसार रिर्सोट मौलिक शैलीका ढुंगा छापेर बनाइएको छ । साथै रिसोर्टमा प्रयोग गरिएको काठ समेत मौलिक शैलीकै छन् । रिर्सोटमा १८ वटा सुविधा सम्पन्न मौलिक शैलीका डिलक्स कोठाहरु रहेका छन् ।

    रिसोर्टमा सुन्दर गार्डेन रेष्टुरेन्ट, गार्डेन बार र स्पा पनि छन् । पाहुनाहरुको मागलाई मध्यनजर गर्दै केहि समयमा स्विमिङ पुलको सुविधा पनि थपिदै छ । फेवातालको किनारमा अवस्थित यस रिर्सोटमा सय जना क्षमताको सेमिनार हल उपलब्ध छ ।

    प्याकेजमा पाहुनहरुलाई कोठा सहित विशेष अफर दिईएको सञ्चालक कार्की बताउँछन् । पाहुनाहरुको इच्छा अनुसार घोडाबाट रिर्सोटमा ल्याउने, लैजानेका साथै फेवातल क्षेत्रमा घुमाउने व्यवस्था समेत गरीएको छ ।

    पोखरा कला र संस्कृति बोकेको शहर हो। त्यसैले यहाँ आउने पाहुना पनि विशेष खालकै हुन्छन, कार्की भन्छन् । ‘तिनै विशेष पाहुनालाई समेटेर विशेष रिर्सोट सञ्चालनमा ल्याएको हो’ उनले भने।‘यसले व्यक्तिगत भन्दा पनि पोखराको फरक पहिचान झल्काउने छ ।’

    शान्त, एकान्त, वातावरणनुकुलित ठाउँमा रहेको रिर्सोटबाट प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। रिसोर्टमा बसेर अध्ययन तथा अनुसन्धानका गर्न आउने पर्यटकलाई विशेष छुटसहितको सुविद्या उपलब्ध गराउर्ने रिर्सोट सञ्चालक कार्कीले बताए ।

    उनले केहि समयपछि यस्तै मौलिकता झल्काउने खालको नयाँ रिर्सोट लेखनाथमा पनि सञ्चालनमा ल्याउने बताए।उनले बेगनास र रुपा तालको सुन्दरताबाट आकर्षीत गरी नयाँ अनुभूति दिलाउने योजना सहित आकर्षक रिसोर्ट सञ्चालनको तयारी थालेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.