• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युट्युबमार्फत चरित्र हत्या गरेका पौडेल प्रहरी थुनामा

"होलीमा किशोरी बिरामी भएर ढल्दा रक्सी खाएको भनेर दुष्प्रचार ! "
  •    शुभेच्छा न्यूज संवाददाता  /७ चैत्र २०७५, बिहीबार १६:२७ ,  प्रकाशीत
  • नालापानी डटकम लगायतका वेबसाइट प्रहरी निगरानीमा

    पोखरा । होली खेल्ने क्रममा पोखराको लेकसाइडमा अचानक बिरामी भई ढलेकी किशोरीलाई रक्सी खाएर हंगामा भन्दै दुष्प्रचार गर्ने सुजन पौडेललाई प्रहरीकोमा बुझाइएको छ । तनहुँ शुक्लागण्डकी घर भई पोखरा लेकसाईड बस्ने पौडेल पोखराको एक टेलिभिजनमा समेत कार्यरत छन् ।

    उनले बुधबार आफ्नै युट्युब च्यानल ईनसाइड नेपाल न्यूज टिभी (२ लाख ९ हजार सब्स्क्राइब) मार्फत पोखरामा होलिसंगै युवतीलाई रक्सी लागेपछि बीच बाटोमा लडीबुडी खेलेर गरिन हंगामा शीर्षक राखेर १० मिनेट ८ सेकेण्डको भिडियो अपलोड गरेका थिए ।

     

     

     

     

     

     

     

     

    पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन निवासी १७ वर्षीया सञ्चिता क्षेत्री आफ्नी दिदीबहिनीसँगै लेकसाइडमा होली मनाउन गएकी थिईन् । सडकमा हिँडिरहँदा एक्कासी घाँटीको नशा सड्केर उनी हिँड्न सकिनन् ।

    दिदीबहिनीको सहायतामा ट्याक्सीसम्म लगी फेवा सिटी हस्पिटल पु¥याइएको थियो । यसैबीचमा पौडेलले आफ्नो क्यामेरामार्फत भिडियो रेकर्ड गरिसकेका रहेछन् । आफ्नो युट्युब च्यानलबाट उनले मनगढन्ते शीर्षक राखेर भिडियो सार्वजनिक गरे ।

    तत्काल किशोरीका दाजु सन्देश क्षेत्रीले युट्युब च्यानल र सबैभन्दा पहिले समाचार भन्दै प्रकाशित गर्ने नालापानी डटकम फेक न्यूज ब्लग विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । विहीबार मध्यान्हदेखि उनी कास्की प्रहरी नियन्त्रणमा छन् ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    बुधबार साँझ नै ३४ हजार भ्यूज गइसकेको भिडियो उनले डिलिट गरेका छन् । त्यसभन्दा अघि शीर्षक परिवर्तन गरेका थिए । पौडेल मार्फत नै धेरै वेबसाईटमा पुगिसकेकाले उनको नियन्त्रणमा रहेन र केही छिनमै भाइरल बन्न पुगेको थियो ।

    प्रहरीसामु सुजनले आफूले अक्षम्य गल्ती गरेको महसुस गर्दै यस्तो गल्ती नदोहो¥याउने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ समेत जिल्ला प्रहरी कार्यालयमा बुझ्न पुगेका थिए ।

    आधिकारिक मिडिया नभएको र पत्रकार महासंघमा आबद्धता समेत नरहेकाले यस विषयमा आफू बोल्न नमिल्ने भएकाले पीडित र युट्युब सञ्चालकबीच मिलेर जाँदा राम्रो भन्दै उनी बाहिरिए । तर पीडित पक्षसँग सहमति नजुटेपछि पौडेल प्रहरी हिरासतमै छन् ।

     

     

     

     

     

     

     

    सबैभन्दा पहिले फेक न्युज प्रकाशित गर्ने नालापानी डटकम विरुद्ध पनि उजुरी परेको छ । अनाधिकृत रुपमा लुकेर चलाइएको सो साईटका सम्पूर्ण जानकारी कास्की प्रहरीले लिएको छ । सो वेबसाइट सञ्चालकका दुई फेसबुक पेज पोखरा अनलाइन र पोखरा दैनिक पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ । सम्पर्कमा नआएको खण्डमा केन्द्रिय तबरबाट अनुसन्धान हुने जनाइएको छ ।

    अब चरित्र हत्याको क्षतिपूर्ति कसरी हुन्छ ?

    पीडित किशोरी विहीबार फेवा सिटी हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । उनले आफू शारीरिक रुपमा भन्दा मानसिक रुपमा विक्षिप्त भएको सुनाउँदै आफन्तहरुबाट नराम्रो प्रतिक्रिया आइरहेको गुनासो गरिन् । ‘म दिदीहरुसँग गएको हुँ । एक्कासी घाँटीमा नशा बाउँडियो । म खुट्टा टेक्न सकिनँ । दिदीहरुले नै टाढा ट्याक्सीसम्म पु¥याउनुभयो ।’ उनले भनिन् – ‘म हस्पिटलमा थिएँ । साथीहरुले भिडियो र समाचारहरु पठाए, एकपछि अर्को गरी सोधीखोजी भयो । मेरो चरित्र हत्या भएको छ । मेरो बेईज्जतिको क्षतिपूर्ति कसरी हुन्छ ?’

    सञ्चिताका दाजु सन्देशले कानुनी दायरामा आउन नसकेका अनाधिकृत युट्युबहरुले भ्रम छरेर यसरी बेईज्जती गर्ने काम गरेको सुनाए । अरुलाई पाठ सिकाउन र आफूहरुलाई जस्तो अरुलाई नपरोस् भन्नका लागि पनि कानुनी दायरामा ल्याउनुको विकल्प नभएको बताए ।

    विभिन्न वेबसाइट र फेसबुक पेज निगरानीमा

    पौडेलले भिडियो अपलोड गरेपछि अतिरञ्जित तबरले शीर्षक राखेर अफवाह फैलाउने लाखौं पेज सञ्चालकको ईमेलमा समेत फरवार्ड गरेका थिए ।

    ताजाखबर (३१ लाख ६५ हजार), साझा पेज (३४ लाख ५३ हजार), ओएस नेपाल (५३ लाख ५४ हजार) बाट कुनै पुष्टि विना नै जस्ताको तस्तै भिडियो सहित समाचारहरु पोष्ट भएका थिए । शेयर भएका अहिले सबै पेजहरु प्रहरीको निगरानीमा छन् । यद्यपी, पौडेलकै अनुरोधमा पेजहरु २४ घण्टाभित्र नै समाचार डिलिट गरेका छन् ।

    दुवै पक्षलाई फाईदा हुने भएकाले युट्युब सञ्चालक र मनलाग्दी लिन्क (नाम अनुसारको पोष्ट हुने ठूला पेजका सञ्चालकहरुबीच मिलेमतो हुने गर्दछ । फेसबुक इन्स्टान्टबाट पेज सञ्चालकले डलर कमाउँछन् भने सोहि न्यूजमा भिडियो इम्बेडिङ हुने भएकाले भिडियोमा भ्यूज बढ्छ र युट्युबरलाई पनि फाईदा पुग्दछ । त्यसैकारण, युट्युबेहरु र लाखौं लाईक बटुलेका पेजका एडमिनहरु यसरी मिलेमतोमा शेयर गर्दै आएका छन् ।

    ‘आपसी सहमति नभए कानुनी प्रक्रिया अनुसार अघि बढ्छ’स् प्रहरी

    प्रहरीले भने आपसी सहमति नजुटे कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताएको छ । कार्यालयका मुद्धा फाँटका प्रहरी निरीक्षक गणेश सुवेदीले भने – ‘ठाडो उजुरी परेको छ । पीडित पक्षले माफी दिएर केस अघि नबढाउने भन्न पनि सक्छन् नत्र प्रमाण पुगेको खण्डमा कानुनी व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.