• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा तनहुँमा एक जनाको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /९ चैत्र २०७५, शनिबार १४:२२ ,  प्रकाशीत
  • दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो ।

    ट्रकको ठक्करबाट किरण राई घाइते भएका छन् । उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारका लागि पोखरा ल्याईएको छ ।

    बिग्रिएर बनाउन लागेको ना १ ख ६१६२ नं को ट्रकलाई ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिँदा ट्रक चालक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८७ नं को हाइलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक फेल भएको देखिएको छ ।

    यसअघि गत बिहीबार राति तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। भिमादबाट पुरानो रिसिङ जाँदै गरेको बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.