• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशबाट ४८ हजार विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

  •    शुभेच्छा न्यूज संवाददाता  /९ चैत्र २०७५, शनिबार १४:३० ,  प्रकाशीत
  • पोखरा । यस वर्षको एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४८ हजार १ सय ४६ जना विद्यार्थी सहभागी हुने भएका छन्। नियमिततर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जना विद्यार्थी परीक्षामा सामेल हुनेछन् ।

    गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरू परीक्षामा सहभागिता जनाउन लागेको गण्डकी प्रदेश सामाजिक शैक्षिक योजना तथा महाशाखाका उपसचिव दामोदर सुवेदीले बताए ।

    उनका अनुसार सबभन्दा धेरै कास्कीबाट ३२ परीक्षा केन्द्रमा १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागी हुने छन् । त्यसैगरी, सबभन्दा कम हिमाली जिल्ला मनाङ ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

    स्याङ्जामा ३३ केन्द्रबाट ५ हजार ९ सय ३९ जना, गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट २४ केन्द्रबाट ६ हजार ६ सय ४४ विद्यार्थी, मुस्ताङबाट एक केन्द्रबाट १ सय ५६ जना विद्यार्थीले सहभागिता जनाउन लागेको उनले बताए।

    त्यसैगरी, म्याग्दीबाट ९ केन्द्रबाट २ हजार २ सय ७३ जना, बाग्लुङबाट ३१ बाट ५ हजार ५ सय ४८, तनहुँबाट २४ बाट ६ हजार ३ सय ५७ विद्यार्थी, लम्जुङ १८ केन्द्रबाट २ हजार ९ सय ९०, गोरखाबाट २५ केन्द्रबाट ४ हजार ४ सय २१, पर्वतबाट १९ केन्द्रबाट २ हजार ८ सय १४ विद्यार्थी सहभागी हुने छन्।

    यता परीक्षाका लागि देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुँदै छन्। एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनमा कमी आएको माध्यमिक शिक्षा परिषदका प्रमुख विष्णु प्रसाद अधिकारीेले जानकारी दिए ।

    गत वर्षभन्दा एसईई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीले बताए । यस वर्षको परीक्षामा दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा सहभागी हुँदैछन् ।

    परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् ।

    परीक्षाका लागि देशभरबाट एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.