पर्वत ।पोखरादेखि मुस्ताङ्ग तर्फ गइरहेको बसमा पर्वतको अर्मादीमा माथीबाट ढुंगा खस्दा दुई जना यात्रु घाइते भएका छन ।शनिवार मुस्ताङ्ग तर्फ जाँदै गरेको बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटक सहित दुई जना यात्रु घाइते भएका हुन ।
पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा सडक निर्माणका क्रममा डोजरले खन्दा सडक माथिबाट खसेको ढुंगा बसभित्र छिरेर २ जाना घाइते भएका हुन्। ग१ख ५५९६ नम्बरको पर्यटक बसमा सडक माथिबाट खसेको ढुंगाले लाग्दा ८० बर्षिय भारतीय पर्यटक मनुभाई पट्टेल र पोखराका १९ बर्षिय सुनिल पौडेले घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।
मध्य पहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्ड स्तरउन्नतीको क्रममा अर्मादीमा भिर काट्ने काम भैरहेको छ । सवारी साधन रोकेर स्काभेटरले भीर काट्नु पर्नेमा सवारी साधन गुडिरहँदा स्काभेटर अपरेटरले अटेर गर्दा दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शी यात्रुले बताएका छन ।

Related