पोखरा । जिल्ला प्रहरी कार्यलयि कास्की नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनपरिषद् तमुवान संयोजकलाई पक्राउ गरेको छ । प्रहरीले नेकपाका जनपरिषद् तमुवान संयोजक किसानसिंह गुरुङलाई पोखराको रिठ्ठेपानीबाट आज पक्राउ गरेको जानकारी दिएको छ ।
त्यसैगरी तनहुँ प्रहरीले विप्लवका ३ जना कार्यकर्ता पक्राउ गरेको छ । केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
कास्की प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओबादीका नेता तथा कार्यकर्ताको खोजी कार्य गरिरहेको छ ।सरकारले नेत्र विक्रम चन्द विप्लव माओबादीलाई पार्टी प्रतिवन्ध लगाएसंगै प्रहरीले विप्लव पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको हो ।

Related