लमजुङ । लमजुङको मध्य नेपाल नगरपालिका–४ दोपहरेमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । स्थानीय मालिका आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय अनमोल थापाको विद्यालयभन्दा माथि ऐंसेलु खान गएका बेला चिप्लेर तल खस्दा बिजुलीको पोलमा छुन पुगेपछि करेन्ट लाग्दा मृत्युु भएको हो ।
थापा मध्य नेपाल नगरपालिका–५, सिम्लेका हुन् । थापा परीक्षा दिन विद्यालय गएपनि विद्यालयभन्दा माथि ऐंसेलु खान कक्षा ७ मा पढ्ने साथी रजन पण्डित क्षेत्रीसँग गएका थिए । थापा चिप्लेर तल खस्दा बिजुलीको पोलमा छुन पुगेपछि करेन्ट लागेको उनका साथी रजनले बताए ।
अनमोललाई करेन्ट लागेपछि रजनले अनमोललाई तान्दा रजन उछिट्टिएका थिए । त्यसपछि उनी गाउँतिर गएर गाउँलेलाई खबर गरे । गाउँलेले विद्युत प्राधिकरण, दमौलीलाई विद्युत बन्द गर्न लगाएपनि त्यतिञ्जेल सम्म उनको मृत्यु भइसकेको थियो ।

Related