• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा नयाँ बर्षमा फेवा महोत्सव हुने

  •    शुभेच्छा न्यूज संवाददाता  /१४ चैत्र २०७५, बिहीबार १२:४८ ,  प्रकाशीत
  • कास्की ।आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उदेस्यले नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा फेवा महोत्सव हुने भएकोछ।

    पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २९ देखि बैशाख १ गते सम्म तीन दिने महोत्सव आयोजना गरिने भएको छ। गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई मध्यनजर गर्दै होटल संघको अगुवाईमा १६ औं फेवा नव बर्ष महोत्सवको आयोजना गरिएको हो।

    प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई सफल तुल्याउन आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उदेस्यले तीन दिने फेवा महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    उनका अनुसार नेपाली कला संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य राखिएको छ। महोत्सवमा विशेष गरी विभिन्न २५ प्रकारका खानाको स्वाद लिन पाइने छ।सेफ एशोसिएशनसँगको सहकार्यमा विभिन्न प्रकारका खानाहरुको महोत्सवमा ब्यवस्था मिलाउन लागिएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

    संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखराका होटलको अकुपेन्सी उत्साहजनक नभएको बताउदै महोत्सवले आन्तरिक पर्यटक प्रबद्र्धनमा सधाउ पु¥याउने बताए। ‘पर्यटकीय सिजन शुरु भएपनि होटलहरुमा अकुपेन्सी सन्तोसजनक छैन’ उनले भने। ‘यस्तो अवस्थामा केही हद सम्म ब्यावसायीलाई राहत मिल्ने छ।’
    नेपाली मौलिक संस्कृति र नेपाली खानालाई प्रबद्र्धन गर्दै महोत्सवलाई यसपटक नयाँ ढंगले संचालन गर्न लागिएको पराजुलीले सुनाए ।

    आयोजकले महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र शान्त्वना स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

    यसैगरी आमा समूह बीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ ।

    नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ पाउने छन् । द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको संघका महासचिव एवं प्रचार प्रमुख गणेशराज पहारीले जानकारी दिए ।

    डुंगा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । पर्यटक दौड, डुंगा दौड, लोक दोहोरीका कार्यक्रम, बाल उद्यान र पप कन्सर्ट लगायतका कार्यक्रम समाबेश गरिएको छ।

    महोत्सव संचालन गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न २९ उपसमितिहरु गठन गरिएको छ । महोत्सव सम्पनन गर्न ६५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.