• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महिलालाई आर्थिक रुपमा शसक्त बनाउन उपमेयरसंग महिला ऋण कार्यक्रम कार्यक्रमम ; उपमेयर गुरुङ

  •    शुभेच्छा न्यूज संवाददाता  /१५ चैत्र २०७५, शुक्रबार ०३:४९ ,  प्रकाशीत
  • पोखरा । महिलाहरुलाई आर्थिक रुपमा शसक्त र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा महानगरले ल्याएको उपमेयरसंग महिला कार्यक्रमको ऋण लगानीका लागि रकम हस्तान्तरण गरिएको छ ।

    विहिबार पोखरा महानगरपालिका वडा नम्वर २३ घाटिछिनाको प्रभाकारी महिला विकास वचत तथा ऋण सहकारी संस्था मार्फत उपलब्ध गराइएको रकम वितरण गरिएको हो । सहकारीको सहकार्य अन्र्तगत ऋण लगानी गरिएको उक्त रकम पोखरा महानगरपालिका उपमेयर एवं उपमेयसंग महिला कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले ११ जनालाई पैशा वितरण गरेकी हुन् ।

    उपमेयरसंग महिला कार्यक्रमको सहकारीसंग सहकार्य गरेर ऋण लगानी गर्नसक्ने व्यवस्था अनुसार घाँटिछिनाको प्रभावकारी महिला सहकारी संस्थाले ९ लाख रुपैयाँ प्राप्त गरेको थियो । उपमेयरसंग महिला कार्यविधिले विपन्न, एक र अपाङग महिलालाई ऋण लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख रहेको छ ।

    सोही कार्यविधिमा रहेर सहकारीले आह्वान गरेको प्रस्तावमा ११ जनाले ऋणका लागि निवेदन दिएको र उनीहरुलाई रकम वितरण गरिएको प्रभावकारी महिला सहकारीका संस्थाका अध्यक्ष लोककुमारी क्षेत्रीले जानकारी दिइन् ।

    सहकारीले तीन प्रतिशत व्याजमा ऋण महानगरबाट प्राप्त गर्ने र ६ प्रतिशत व्याजमा लक्षित समुदायका व्यक्तिलाई लगानी गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । गुरुङले रकम वितरण गदै उपमेयरसंग महिला कार्यक्रमले महिलालाई आत्मनिर्भर र आर्थिक रुपमा सवल, सक्षम बनाउने विश्वास ब्यक्त गरिन् ।

    उनले थोरै पैशाले लगानी गरेर केही गर्छु भन्ने महिलाका लागि उपमेयरसंग महिला कार्यक्रमले सहयोग पुग्ने बताइन् । उनले विगतमा महानगरले महिलाका लागि धेरै कार्यक्रम संचालन गरेपनि उपलब्धिमुलक नभएको बताउदै सिप सिकेर बसेका महिलालाई उद्यमी बनाउदै आत्मनिर्भर गराउने योजना सहित कार्यक्रम ल्याएको बताइन् ।

    समाजमा महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ पछाडी परेको समेत बताइन् । प्रभावकारी महिला वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष टोपलीदेवी पराजुलीले पैशा प्राप्त गर्नेहरुले सहि सदुपयोग गर्न आग्रह गदै समयमै ऋण चुक्ता गर्न आग्रह गरिन् । नारायणी कुवँरले जागीर भन्दा व्यवसाय गरेर अगाडी बढदा राम्रो हुने बताउदै पैशाको सहि सदुपयोग गरेर प्रतिफल प्राप्त गर्न सुझाव दिइन् ।

    प्रभावकारी सहकारीका कोषाध्यष राधादेवी गुरुङले वडा नम्वर २३ नमुना बन्नुपर्ने बताउदै उपमेयरसंग महिला कार्यक्रमबाट आर्यआर्जनमा बृद्धि गदै सक्षमा हुनुपर्नेमा जोड दिइन् । सन्तबहादुर भुजेलले महिलालाई अगाडी बढाउने काम उपमेयरसंग महिला कार्यक्रमले गरेको बताउदै नमुना बनाउनुपर्नेमा जोड दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.