• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा गैरकानूनी रुपमा व्यवसाय सञ्चालन गरेको आरोपमा १ बिदेशी पक्राउ

  •      /१५ चैत्र २०७५, शुक्रबार १५:४९ ,  प्रकाशीत
  • पोखरा । पोखरामा लामो समयदेखि गैरकानुनीरुपमा बसेर ब्यवसाय चलाउदै आएका जर्मन नागरिक मेनफर्ड अगस्टलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल घुम्नका लागि पहिलो पटक सन १९८५ मा आएका मेनफर्डले पोखराकै एक महिला संग बिवाह गरेका थिए।त्यस पछि उनी वेलावखत जर्मन जाने र धेरै समय नेपालमै बसेर ब्यवसाय गर्दै आएका थिए।

    बिगत ८ बर्षदेखि गैरकानूनी रुपमा बसेर पोखरा महानगरपालिका वडा नं २२ मा व्यवसाय गर्दै आएका ६८ वर्षीय मेनफर्डलाई पर्यटन प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो। सन २०१२ अगष्ट देखि भिषाको म्याद गुजारेर गैरकानुनीरुपमा पोखरामा ब्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको पर्यटन प्रहरी कार्यलय पोखरामा प्रहरी सहायक निरिक्षक विधानसिंह क्षत्रीले बताए।

    जर्मन नागरिक मेनफर्डले ‘अनदु हाउस’ नामको गष्टहाउस सञ्चालान गरेर त्यहाँबाट घरजग्गा डिजाइनसम्बन्धि काम समेत गर्दै आएको प्रहरी सहायक निरिक्षक क्षत्रीले बताए। ‘कुनै पनि बिदेशी नागरिकले नेपालमा ब्यवसाय गर्न विभिन्न प्रक्रिया पूरा गर्नु पर्छ। मेनफर्डले कुनैपनि प्रक्रिय पूरा नगरी ब्यवसाय सञ्चालन गरेको भेटियो’ उनले भने। ‘भिषाको म्याद सकिए बिदेशी नागरिकले प्रत्यक दिन ५ डलर जरिवाना तिर्नु पर्ने कानुनी ब्यवस्था छ। मेनफर्डले ८ बर्ष देखि भिषानै रिनु गरेका छैन्।’

    प्रहरीका अनुसार उनले एअरबीएनबी डटकम र बुकिङ डटकम नामको वेबसाइटको माध्यमबाट गेष्टहरुलाई आफ्नो गेष्टहाउसमा राख्ने र अन्य ब्यवसाय समेत गर्दै आएका थिए।

    सन् १९८५ मा ‘नन टुरिष्ट’ भिषामा नेपाल छिरेका थिए। त्यस पछि उनले नेपाली मूलकी छमा बिकसंग विवाह गरेका थिए। सन् १९९६ मा नन टुरिष्ट भिषाको म्याद सकिएपछि सन् २०१२ मा टुरिष्ट भिषा लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी सहायक निरिक्षक क्षत्रीले बताए।

    मेनफर्ड सन् १९९६ मा नेपाली मुलकी युवतीसँग विवाह गरेका थिए। विवाह भएको ९ बर्षमा श्रीमतीको मृत्यु भएको थियो। नेपाली मुलकी महिलाबाट जन्मिएका एक छोरा जर्मनीमा रहेको प्रहरी समक्ष बताएका छन्।प्रहरीले पोखरा क्षेत्रमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका १३ जना विदशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाइएको जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.