• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एसइईका प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा २ प्रहरी सहित ६ पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ चैत्र २०७५, बिहीबार ११:२७ ,  प्रकाशीत
  • काठमाडौं– एसइईको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। चैत १४ गते हुने विज्ञान विषयको प्रश्नपत्र दुई दिनअघि नै प्रदेश २ मा आउट भएको थियो। त्यस्तै चैत १५ गते हुने सामाजिक विषयको प्रश्नपत्र पनि एक दिनअघि नै बाहिरिएको थियो।

    प्रश्नपत्र आउट भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र स्थानीय प्रहरीको टोलीले उक्त घटनाबारे अनुसन्धान गरेको थियो। प्रश्नपत्र आउट गर्नेमा संलग्नलाई अनुसन्धान टोलीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, सोही ठाउँका २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका–१६ का २८ वर्षीय मनोज यादव, सप्तरी कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डल, सप्तरीकै हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव छन्।

    ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी हुन् भने मनोज शिक्षक हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.