दिपेन्द्र पौडेल पोखरा । पोखरा सिमलचौरस्थित रहेको पिसजोन एकेडेमीले एसईई परिक्षा दिएका विद्यार्थीलाई विदाई गरेकोे छ । विद्यालयले एसईईमा सहभागी विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजनागरि मायाको चिनोसहित विदाई गरेको हो ।
विद्यालयका प्रमुख व्यवस्थापक तथा संस्थापक योगेन्द्र शर्मा दाहालले विद्यालयले दिएको नैतिक शिक्षालाई आत्मसात गर्दे अघि बढ्न विद्यार्थीलाई सुझाव दिए । एसईई परीक्षा सकिए पनि जीवनको परीक्षा सुरु भएको उल्लेख गर्दै दाहालले चुनौतीलाई सहजरुपमा निराकरण गरी अगाडी बढ्नसके जीवन सार्थक हुने बताए।
विद्यालयका सह प्राचार्य मोतीलाल लामिछानेले विद्यालयमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गरे । अभिभावक खेम बहादुर भण्डारीले विद्यालयले पाठ्यक्रममा मात्र सीमित नरही व्यवहारिक र नैतिक शिक्षा प्रदान गरेर सह्रायिन कार्य गरेको बताए ।
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट मन्तव्य राख्दै कक्षा ९ की छात्रा सजनी शर्माले विद्यालयले बिद्यार्थीको सार्वङ्गीण बिकासको लागि गरेको योगदानको चर्चा गरेकी थिइन।
दिपेन्द्र पौडेल
पोखरा । पोखरा सिमलचौरस्थित रहेको पिसजोन एकेडेमीले एसईई परिक्षा दिएका विद्यार्थीलाई विदाई गरेकोे छ । विद्यालयले एसईईमा सहभागी विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजनागरि मायाको चिनोसहित विदाई गरेको हो ।

Related