पोखरा । पोखराको कृषिका गाउँकोरुपमा परिचित हेमजा आलु महोत्सव शुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ शुरु महोत्सव शुरु भएको हो ।
महोत्सवको गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । महोत्सव उद्घाटन हुनु भन्दा अघि ¥याली हमेजाको मिलनचोकदेखि विभिन्न झाँकी सहित महोत्सव स्थलमा पुगेको थियो । ¥यालीमा महिला र पुरुषहरु आलु र तरकारीले सजिएर सहभागिता भएका थिए।
१० दिन सम्म सञ्चालन हुने महोत्सवमा आलुका माला, मुलाको चस्मा, केराउ र आलुको माला सहित छडके तिलहरी समेत बनाएर सजिएका थिए। महोत्सवमा आलु ३२ रुपैया किलोमा विक्रि गरिने गरी मुल्य निर्धारण गरिएको छ। महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन गरिनुको साथै आलुको ठुलो पहाड नै बनाएर सजाइएको छ।
महोत्सवमा ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
हेमजामा बर्षेनी झण्डै ४५० हेक्टर क्षेत्रफलमा प्रति हेक्टर ५ देखि ७ टन सम्म आलु उत्पालन हुदै आएकोस्थानीय कृषकहरु बताउँ छन् । स्थानीयका अनुसार वर्षेनी २१ करोड रुपैयाँको आलु उत्पादन हुदै आएको छ ।
‘उपभोक्तताका अनुसार हेमजाको आलु विषादीरहित हुनुको साथै स्वादिलो र छिटो पाक्ने गर्दछ। कृषकद्धारा प्राङ्गारिक मल प्रयोगमात्र गर्ने र विषादी रहित उत्पादन गर्ने गरेका कारण यहाँको आलु उपभोक्ताको पहिलो रोजाईमा पर्ने गरेको छ ।
आलु तथा अन्य तरकारीको प्रदर्शनसंगै हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न अभिप्रेरित गर्ने उदेस्यले महोत्सव सञ्चालन गरिएको हो।
महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहेका छन् ।
महोत्सव प्रवेशका लागि ८० रुपैयाँको साधारण,५० रुपैयाँको विद्यार्थी सहुलियतको ब्यवस्था गरिएको छ। । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ।

Related