• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण सांसद थापा

  •    शुभेच्छा न्यूज संवाददाता  /२४ चैत्र २०७५, आईतवार ०९:१२ ,  प्रकाशीत
  • पोखरा, २३ चैत/ गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण हुने बताएका छन् । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको पाँचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दे थापाले पानीको कारणनै मान्छेमा ६० प्रतिशत भन्दा बढि रोग लाग्ने बताए।

    थापाले उद्योगी ब्यवसायीले नाफा कमाउने मात्रै नभई उपभोक्ताको अधिकार लाई ख्याल गर्नुपर्ने सुझाब दिए। उनले उद्योगीले भन्दा पनि खुद्रा पानी विक्रेताले उपभोक्तालाई ठगेको दावी गरे।

    १२ रुपैया भन्दा कम मुल्यमा पाइने बोतलको पानी खुलेआम २०,२५ र ३० भन्दा बढि मुल्यमा विक्रि हुने गरेको बताउदै थापाले पानीमा पनि विचौलीयाको विगविगी रहेको बताए।

    पानी उद्योगको कारण धेरै मान्छे निरोगी भएको दावी गर्दे प्रदेश सरकार लगानी मैत्रीनीति बनाउन छफलफलमा जुटेको बताए। नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष साजनलाल प्रधानले सरकारले अहिलेपनि पानी उद्योगहरुलाई राम्रो दृष्टिले हेर्ने नगरेको दुखेसो ब्याक्त गरे। उनले पानीको मुल्यमा एकरुपता ल्याउन केन्द्रमा छफफल भइरहेको बताए।

    नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक यदुनाथ अधिकारीले गण्डकी प्रदेशमा ५० भन्दा बढि पानी उद्योग रहेको बताउदै संघमा अहिले सम्म २७ वटा पानी उद्योग आवद्ध भएको बताए।

    उनले नेपाल खानेपानी सस्थानले वितरण गर्नेपानीमा ८१ प्रतिशत सम्म कोलीफम देखिएको भन्दै उपभोक्ताले शुद्धपानी पिउन पाउनुपर्ने बताए। नेपाल पानीमा आत्म निर्भर भएपनि बार्षिक २० ,२५ करोड भन्दा बढिको विदेशी पानी नेपाल भित्रनै गरेको भन्दै उहाँले दुखेसो ब्याक्त गरे।

    पोखरा उद्योगबाणिज्यसंघका अध्यक्ष दामु अधिकारीले पानी उद्योग संवेदनसिल पेशा ब्यवसाय भएको बताउनु भयो । उहाँले उद्योगीको पिरमर्का आफुहरुले बुझन्े भन्दै सरकार सरोकारवलाहरुलाई बेला बेलामा झकझकाउने काम गर्दे आएको बताए।

    पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले अहिले उद्योगी ब्यवसायी बैकको ब्याजदर बृद्धिले समस्यामा परेको बताए। उनले पोखरा च्याम्बर अफ कमर्सले सरकार र राष्ट्रबैकको ध्यानआर्कषण गराएको स्मरण गर्दे उत्पादनको क्षेत्रमा लागेका उद्योगीहरुलाई राज्यले प्राथामिकता दिनुपर्नेमा जोड दिए।

    कार्यक्रममा सुजल प्लाष्टिकका सुजलश्रेष्ठले प्लाष्टिकको बोटल निर्माण प्रक्रियाको बारेमा सुजल प्लाष्टिकले बोटल उत्पादनको प्रस्तुती राखेका थिए।

    दि विन्देश्वरी पानी उद्योगकका श्रृmषि सापकोटा, महासचिव लेखबहादुर प्रधान, कार्यक्रम संयोजक प्रेम बहादुर क्षेत्रीलगायतले पानी उद्योगमा गण्डकी प्रदेशमा १ अर्व ५० करोड भन्दा बढिको लगानी भएको भन्दै उद्योगीहरुको लगानी सुरक्षित हुनुपर्नेमा सरकारले ध्यानदिनु पर्ने बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.