• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

“चामल चौलानी” गित सार्वजनिक

  •    शुभेच्छा न्यूज संवाददाता  /२५ चैत्र २०७५, सोमबार ०९:०० ,  प्रकाशीत
  • पोखरा। पोखरालाई साङ्गीतिक कर्म थलो बनाएकी लोकदोहोरी गायिका तुलसा क्षत्रीको नयाँ गीत “चामल चौलानी” सार्वजनिक भएको छ । ओम फाउण्डेशन नेपाल कास्कीद्वारा सोमबार यहाँ अयोजित एक कार्यक्रममा उक्त गीतको म्युजिक भिडियोलाई लोकार्पण गरिएको हो ।

    गण्डकी प्रदेशका सांसद राजिव पहारीले म्युजिक भिडियो लोकार्पण गर्दै गण्डकी प्रदेश संस्कृति,कला र संगीतको राजधानी भएको बताए। उनले गण्डकी क्षेत्र लोककवि अलिमिया, धर्मराज थापा, बुद्धि परियार, हरिदेवि कोइराला, प्रजापति पराजुली, पुरुषोक्तम न्यौपाने, बिबि अनुरागी लगायतका श्रष्टाहरुको जन्मथलो भएको बताउदै गित कला र संगितको लागि प्रदेश सरकार लागि पर्ने बताए ।

    गीतकार एवम प्रसिद्ध सँगीतकार बिबि अनुरागीले आफु अनवरत रुपमा गीतसँगीतको क्षेत्रमा रहेर नेपाली कला र संकृतिको जर्गेना गर्नमै केन्द्रीत रहेको बताए। उनले गीतसँगीतलाई नेपाल सरकारले पनि नजिकबाट केलाउने बेला आएको बताए । ‘कतिपय आशा लाग्दा कलाकारहरु रोजगारीको नाउँमा विदेशीनु परेको छ’, उनले भने, ‘राम्रो प्रतिभावान कालाकार रोजगारीको खोजीमा बाहिरिदा कलाकारिता क्षेत्रनै धरापमा पर्ने होकि भन्ने चिन्ता जागेको छ ।’

    कार्यक्रममा लोकदोहोरी गायक प्रजापति पराजुलीले लोकार्पण गीत चामल चौलानी एक सामाजिक चेतनामुलक गीत रहेको बताए । उनले गीतमै कथा भेटिएको उल्लेख गरे ।
    फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा श्रष्टाद्वय बिबि अनुरागी र तुलसी क्षेत्रीलाई सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो ।कार्यक्रम फाउण्डेशनकी कार्यवाहक अध्यक्ष उर्मिला खडकाको अध्यक्षतामा सम्पन्न भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.