पोखरा ।छोराको शिक्षादिक्षा राम्रो होस् भन्ने चाहन्थ्यो परिवार। त्यसैले राम्रो स्कुलमा छोरालाई पढाएर उच्च स्थानमा पु¥याउने सपना देखेर बाबु आमाले देशमै नामचलेको गण्डकी बोडिङ स्कुलमा भर्ना गरे। तर, पनि सोचे जस्तो भएन। फेरी छोराको चाहना अनुसार पोखराकै नाम चलेको अमरसिंह स्कूलमा भर्ना गरे। पढाइसंगै खेलकुदमा पनि औधी रुची थियो। त्यती मात्र होइन,लागु औषधको नशामा चुर्लुम्म डुबिसकेका थिए, एचआईभी पोजेटिभ गोपाल श्रेष्ठ ।
लागुऔषधको नशासंग पढाइ र खेलकुद अगाडी बढ्न सकेन्। परिवारले लागुऔषधको कुलतबाट छुटाउन अनेकन प्रयत्न ग¥यो। तर पनि उनी सुधारिने आश मारिसकेको थियो परिवारले । छोरालाई कसरी लागुऔषधको कुलतबाट छुटाउन सकिएला भनेर परिवारले अनेकन जुक्ती लगायो। छोरालाई सुधार्न कुनै बिकल्प नै बाँकी थिएन श्रेष्ठ परिवार संग ।
सानैदेखि राम्रो फुटबल खेल्थे उनी। गण्डकी बोडिङ छाडेर अमरसिँह स्कूल पढ्दा उनी राम्रै खेलाडी बनिसकेका थिए। उनको खेलबाट प्रभावित सेनाको सिंहनाथ गणले उनलाई फुटबल खेल्न अबसर समेत दिलायो। केही बर्षपछि उनले सिंहनाथ छाडेर काठमाडौंकै चर्चित फ्रेण्डस् क्लवसँग आबद्ध भएर बिभिन्न खेल प्रतियोगितामा सहभागी भए।
तर सेनाको तर्फबाट खेलाडी बन्दा समेत उनले लागुऔषधको प्रयोगलाई छाडेनन्। ‘फ्रेण्डस् क्लवसँग आबद्ध हुदा लागुऔषध जीवनको अभिन्न अंग नै बनिसकेको थियो, बिगत सम्झन्छन्’ उनी। ‘म पुरै लागुऔषधको पारखीनै बनिसकेका थिए। लागुऔषध रमाइलोको लागि नभई नशानै बनिसकेको थियो’ उनी भन्छन।
उनको लागुऔषधको प्रयोग प्रति परिवार जानकार थियो। क्रमश प्रयोग घटन् भन्दा बढ्न थालेपछि परिवारमा तनाब बढ्दो थियो।देशमा वैदेशिक रोजगारीको चलन भर्खर भित्रिएको थियो। पढेलेखेको युवा पुस्ता पुरै बैदेशिक रोजगारीको लागि खाडी मुलुक तिर भासिदै थिए। नाउँ चलेको बिद्यालयबाट उच्च शिक्षा दिलाएर आनन्दमय जीवन जीउने सपना देखेको पाखरा ७ रत्नचोकको रैथाने श्रेष्ठ परिवारले छोरालाई सुधार्नकै लागि २०४२ सालमा साउदी अरब पठाए।
साउदीमा लागु पदार्थ सेवन गर्न प्रतिवन्धित पाई वारे गोपाल राम्रै जानकार थिए। साउदीमा लागु पदार्थ पूणरुपमा बर्जित थियो। त्यहाँ गएपछि उनी सुध्रिए। पहिलो महिनाको तलबले आफ्नो फुटबल प्रतिको शोखलाई पुरा गर्न बुट लगायत आवस्यक स्पोर्टको सामग्री किने । ड्युटी पछिको खाली समयमा उनले दिनहुँ फुटबल खेल्न थाले। फुटबल प्रतिको उनको लगाबका कारण उल्लेख्य सुधार गर्न थाले । उनको खेलमा आएको सुधारबाट कम्पनीका म्यानेजनै छक्क परे। उनलाई म्यानेजरले कम्पनीको खेलकुद सदस्य बनाए।
गोपाल खेल र जागिर दुबै ठाउँमा सफल कहलिदै गए। मासिकरुपमा आफुले कमाइ गरेको तलब घरपरिवारलाई बेलाबखत पठाइ रहन्थे । परिवार पनि अब, छोरा सुध्रियो भन्दै प्रफुल्ल हुदै थिए। गोपाल ओमान जाने भन्दै अकस्मात नेपाल हानीए। तर, परिवारबाट स्वीकृति मिलेन।
२०४८ सालतिर उनले मीनाकुमारीसँग बिवाह बन्धनमा बाँधिए। छोरा जन्मियो। घरजमपछि उनी धन कमाउन ताइवान र जापान समेत पुगे। केही बर्षमै फेरी उनी फर्किए। राम्रो कमाइ हुने ठाँउ छाडेका गोपालले पुरानो लागुऔषधको लत भने छाड्न सकेनन्।
नेपाल फर्किएपछि गोपालका पुराना साथीसंगीसँगको संगत बढ्यो अनि साथीसंगीको भेटघाट र संगतसँगै लामो समयसम्म चटक्कै छाडेको लागुऔषधको सेवन पनि सुरु भयो। गाँजा र चुरोटको कुलतमा स्कूले जीवनबाटै फसेका उनी बिदेशबाट फर्किएपछि लागुऔषधका सवै प्रयोगदेखि पारंगत भए ।
लामो समय सम्म लागुऔषधको कुलतबाट टाढारहेका गोपाल पछिल्लो समयमा गाँजा,चरेशदेखि नशा मार्फत सिरिन्जको मध्यमबाट समेत लागुऔषध प्रयोग गर्न थाले। ‘लागुऔषधको कडा प्रयोग कर्ताले प्रयोगमा ल्याउने बिधी(सर्पलाई टोकाउने) बाहेक लागुपदार्थका अम्मलीले गर्ने जती सबै प्रयोग गरियो’ उनी बिगत सम्झन्छन्। ‘त्यही बेलाको बिन्दासले जीन्दगीमा खानु हन्डर खाइयो।’
लामो समयसम्म लागुऔंषधको कुलतमा फसेका गोपाललाई साउदी अरब पाठाएपछि सुध्रीएको पविवारको दिमागमा ताजै थियो। घरपरिवारको सल्लाहमा गोपाललाई जुनसुकै हालमा रोजगारीको लागि बिदेश पठाएउने निर्णय भयो। परिवारले निकै सम्झाइबुझाइ गरेपछि उनी रोजगारीको लागि जापान जाने निधो गरे।
एचआइभीको संक्रमणका शिकार बने गोपाल
बिस. २०५४ को कुरा हो, उनी पारिवारीक सल्लाहमा जापान जाने निधो गरे। एजेण्ट मार्फत सबै प्रक्रिया पूरा गरे । बिहेपछिको चौथो वर्षको एक दिन उनको जीवनमा आँधीबेहरी आयो। राजधानीको शिक्षण अस्पतालमा पुगेर रगत जचाउँदा एचआइभी पोजेटिभ देखियो। ‘डाक्टरले एचआइभी पोजेटिभ र एडस्का वारेमा बेलीबिस्तार लगाए। ‘डाक्टरले खानपान, आहाबिहार र जीवनशैलीमा सुधार नगरे धेरै बाँच्दैनौ भनेपछि होसहवास् नै उड्यो’, उनले भने,‘तनाब झेलिनसक्नु भयो। मर्नु त छँदैछ, मृत्युलाई सजिलो बनाउनु पर्छ भन्ने लागेपछि लागुऔंषधका डोज झन बढ्यो।’
लामो समय सम्म नसाको तालमै बित्यो। कमाइ थिएन,दैनिक लागुऔषध किन्न नगद चाहीन्थ्यो । ‘घरपरिवारलाई धम्काउने र घरका सामान चोरी गरेर बेचविखन गरी लागुऔषध खरिद गर्थे’ उनी भन्छन् । ‘लागुऔषधको जोहो गर्ने ती दिनहरुमा उनी लागु पदार्थ पाए खुशी भएर रमाउथे, नपाए निरास भएर सकमै जान्थे।’
लागुऔषधको नशाको तालमा लागुपदार्थ दुव्र्यसनी बीच एउटै सिरिञ्ज प्रयोग गरेका कारण आफु एचआइभीको संक्रमणमा परेको उनी बताउँछन्। ‘दुब्र्यसनी बीच नशाको तालमा सिरिन्ज साटासाट गर्दा एचआइभी संक्रमण भयो’ उनी भन्छन्। ‘साथीसाथीबीच रगत साँटे माया बढ्छ भन्दै सिरिन्ज साटासाट गर्दा एचआइभी पोजेटिभ देखियो।’
टिचिङ हस्पिटलमा रगतको रिपोर्ट हेर्दै डाक्टरले एड्स लागेको बताउदै गर्दा गोपालको होसहवास उड्यो । संसार अन्धकार भयो । उनले केही देखेनन् । बेहोस भए । ब्युझिँदा आमा र दिदीले सुम्सुम्याइरहेका थिए। परिवारलाई अब यो धेरै बाँच्दैन भन्ने लागिरहेको थियो। परिवारले उनलाई मायालु व्यवहार गर्थे । उनले भनेको खान दिन्थे । उनलाई लागुऔषध सेवन गर्न पनि आमाले पैसा दिन्थिन् ।
श्रीमतीले भने उनी एचआइभी पोजेटिभ भएको थाहा पाएपछि बिक्षिप्त बनिन्। उनलाई हेर्ने श्रीमतीको नजर नै परिवर्तन भयो। धेरै समयपछि भने श्रीमान श्रीमतीको सम्बन्ध पुरानै अवस्थामा फर्कियो। गोपालले लागुऔषध प्रयोग गरेपनि श्रीमान श्रीमतीबीचको सम्वन्ध सौहार्दपूर्ण थियो। उनलाई एचआइभी संक्रमण भएको पत्तै भएन। यौन सम्वन्ध सुरक्षीत भएन।पछि श्रीमतीमा पनि एचआइभी पोजेटिभ देखियो। ‘हामी दम्पतीमा संक्रमण देखिएपनि छोरा भने सुरक्षित छ’ उनलेभने।
यसरी छाडे गोपालले लागुऔषध
डाक्टरले एड्स लागेको बताएपछि अब धेरै बाँच्दीन भन्ने लाग्यो। ड्रग्सको डोज दैनिकरुपमै बढ्न थाल्यो। घरपरिवार र श्रीमतीसँग नियमितरुपमा डर,धाक, धम्की देखाएर पैसा फुत्काएर छाड्थे । उनको दिनदिनैको धाकधम्की र कलहले परिवारमा तनाब बढदो थियो। गोपालले बिस्तारै सोच्न थाले। ‘मलाई एड्स भएको पनि ७।८ बर्ष भायो।यही कुलतमा आफ्नो जीवन र परिवार नै बर्वाद भयो। अब,यो बाट छुट्कारा लिएर बाचुन्जेल समाज र परिवारमा खुशी छर्ने काम गर्छु’।
‘डाक्टरले धेरै नबाँच्ने बताएको पनि झण्डै एक दशक पुग्न आँटेछ’ उनले बिगत सम्झिदै भने ‘अब, पनि म नसुध्रने हो भने, एड्सले हैन, ड्रग्सकै कारण ज्यान जानेछ।’
उनको बल्ल बुद्धी फिर्यो। अब छोड्नु पर्छ लागु औषधको प्रयोग । प्रयास गरे ।तर, सोचेजस्तो कहाँ थियो र सजिलो ? उनले घरमा हैन अब, रिहाब जाने घर सल्लाह गरे । पोखरामा रहेका ‘नौलो घुम्ती’ उनको पहिलो रिहाव थियो । त्यहाँ १ महिना बसे। फेरी अर्को ‘सेरेन फाउन्डेसन’ गए । त्यहा पनि उनी करिब एक महिना बसे । त्यसैगरी फेरी काठमाण्डौंमा रहेको रिहाबको बसाइपछि गोपाल दुर्व्यसनबाट मुक्त भए ।
संक्रमित गोपाल यसरी खुले समाजमा
२०५७ सालतिर पोखरामा नौलो घुम्ती नामक संस्थाले लागुपदार्थ दुव्र्यसन हटाउने अभियान चलायो। एचआइभी संक्रमितहरुको पहिचान ग¥यो। उनीहरु संगठित बने, आफू संक्रमित भएको खुलासा समेत गरे। संक्रमितहरुको अगुवाइमा फ्रेण्डस अफ होप भन्ने संस्थाको जन्म भयो। उनीहरु यही संस्था मार्फत खुलेर संक्रमितहरुका विभिन्न गतिविधि अगाडी बढाए। उनीहरुलाई घरपरिवार र समाजले हेर्ने दृष्टिकोणमा समेत विस्तारै परिवर्तन आयो।
रातदिन ड्रग्स्को नशामा चुलुम्व डुवेका गापालको जीवन फेरियो। खुल्लारुपमा आएपछि आत्मबिश्वास बढ्यो। खानपान र बानीब्यवाहारमा आएको सुधारले शारिरिक दुर्वलता हट्यो। यती सम्मकी उनले एचआइभीलाई नै जीती सके जस्तो लाग्न थाल्थो। उनी शारिरिकरुपमै तन्दुरुस्त देखिए। त्यसपछि उनी लागुपदार्थ प्रयोग र एचआइभी संक्रमितको उद्धार र सेवामा जुट्न थाले । अहिले एचआइभी संक्रमितहरुका लागि संक्रमणबाट जोगाउन र शारिरिक क्षमता बृद्धी गर्न एन्ट्री रेट्रो भाइरल नामक औषधि निशुल्क खाने ब्यवस्था छ।
एचआइभी संक्रमीत गोपालको सगरमाथा सपना डाक्टरले एड्स भए छ, अब धेरै बाँच्दैनौ भनेको पनि दुइ दशक भइसक्यो। गोपाल आफ्नो भाषमा नाफाको जीन्दगी बाँचिरहेका छन्। एचआइभी भएर २ दशक बिताइसकेका गोपाल समाजको लागि छुट्टै पहिचाहन स्थापित गर्न चाहन्छन्।
समाजमा कायम रहेको एचआइभी संक्रमीतहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न र बिश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली झण्डा फहराएर रेकर्ड राख्न चाहन्छन उनी । जब आफुमा एचआइभी पोजेटिभ देखियो तब,एचआइभी संक्रमीतको तर्फबाट सगरमाथामा पाइला टेक्ने संकल्प गरेर २०७० साल तिर उनले अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा पर्ने ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला पार गरे। त्यसलगत्तै खुम्बु क्षेत्रमा पर्ने ६ हजार १ सय ८९ मिटर अग्लो आइसल्याण्ड हिमालको सफल आरोहण समेत गरे।
त्यस पछि गोपालमा सगरमाथा नै चढेर नयाँ किर्तिमान कायम गर्ने साहस बढ्यो। उनी सगरमाथा चढ्ने संकल्पका साथ सगरमाथा तिर हानिए। २०७२ साल बैशाख १२ गते महाभूकम्प जाँदा उनी सगरमाथाको दूरी छोट््याउदै थिए। तर, दुर्भाग्य उनी चुचुरो पच््याउदै गर्दा महाप्रलयनै भयो। हिमालसंगै वरिपरिका डाँडापाखा गल्र्याम्गुर्लुम्म ढले।
आफुसंग संगै आरोहणमा रहेका ५ जना साथीहरु हिमपहिरोले निल्यो। उद्दारपछि गोपाल दोस्रो पटक मृत्युको मुखबाट फर्किए।तर, पनि उनी मृत्युसंग डराएन्। पैठेजोरी खोजीनै रहे। भूकम्पपछि अहिले सम्म कसैले आरोहण नै नगरेको जोखिम हिमालको सूचीमा सूचीकृत दोलखाको खान्कार्पू हिमाल चढेर आफुलाई अब्बल देखाए।उनलाई महाभूकम्पको त्यो त्रासदीले रोक्न सकेन।
केही बर्ष आफ्नो आन्तरिक ब्यवस्थापन र भूकम्पले गरेको क्षतीसंग गुमनाम बनेका गोपाल फेरी यस पटक पनि सगरमाथा चढ्ने चाँजोपाँजो मिलाउँदै छन्। सगरमाथा चुचुरो चुमेर किर्तिमानी रेखा कार्ने तिथिमिति हेर्दै छन् उनी।
कसरी जुट्दैछ आरोहण खर्च
सगरमाथा चढ्न ठूलै धनराशि चाहिन्छ । सानोतिनो पैसा र शाहसले सगरमाथाको किर्तिमान सम्भब छैन। सथरमाथा आरोहणको लागि दुइदूई पटक पैसा उठाउन परेको छ गोपाललाई। ०७२ सालमा बल्ल बल्ल जोरजाम गरेको पैसा भूकम्पले खाइदियो ।
अहिले उनलाई ४३ लाख लाग्छ सगरमाथा चढ्न ।त्यस मध्ये २५ लाख जति जुटेकोछ। अन्य सहयोगका लागि सहयोगि मनहरुको खोजी कार्यजारी छ। सहयोगको लागि उनले पर्यटन मन्त्रालय,विभिन्न संघसस्था र सहयोगि मनहरुसंग हारगुहार गरिरहेका छन् ।
ड्रिम्स डेष्टिनेसन कम्पनीमार्फत ५७ बर्षीय गोपाल बैशाखको दोस्रो हप्ता सगरमाथाको चुचुरोमा एचआइभी संक्रमितको तर्फबाट बिश्व किर्तिमानी झण्डा फहराउने सपनामा छन्।उनी त्यसको लागि आर्थिक, मानसिक र सारिरिकरुपमा तयारी थालिसकेका छन्।
पैसा चाहिन्छ। सहयोगी हातहरु उनीतिर बढेका छन्। ४३ लाख खर्चमध्ये २५ लाखजति जुटेको छ। सहयोगी मनहरु खोज्ने क्रम जारी रहेको आरोहण कर्ता गोपाल श्रेष्ठले बताए। ‘जेनतेन २५ लाख जति संकलन भएको छ। अब, १५लाख जति रकम उठाउँन बाँकी छ’ उनले भने। ‘आर्थिक संकलन अभियान निरन्तर चलिरहेको छ। सहयोगिहरुको मन बढदैछ।’
पोखरा । छोराको शिक्षादिक्षा राम्रो होस् भन्ने चाहन्थ्यो परिवार। त्यसैले राम्रो स्कुलमा छोरालाई पढाएर उच्च स्थानमा पु¥याउने सपना देखेर बाबु आमाले देशमै नामचलेको गण्डकी बोडिङ स्कुलमा भर्ना गरे। तर, पनि सोचे जस्तो भएन। फेरी छोराको चाहना अनुसार पोखराकै नाम चलेको अमरसिंह स्कूलमा भर्ना गरे। पढाइसंगै खेलकुदमा पनि औधी रुची थियो। त्यती मात्र होइन,लागु औषधको नशामा चुर्लुम्म डुबिसकेका थिए, एचआईभी पोजेटिभ गोपाल श्रेष्ठ ।

एचआइभी संक्रमीत गोपालको सगरमाथा सपना
डाक्टरले एड्स भए छ, अब धेरै बाँच्दैनौ भनेको पनि दुइ दशक भइसक्यो। गोपाल आफ्नो भाषमा नाफाको जीन्दगी बाँचिरहेका छन्। एचआइभी भएर २ दशक बिताइसकेका गोपाल समाजको लागि छुट्टै पहिचाहन स्थापित गर्न चाहन्छन्।

Related