गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यलय अगाडीबाट राप्रपा डेढ दर्जन नेता पक्राउ
तपाईको प्रतिक्रिया





पोखरा । कमलथापा नेतृत्वको राप्रपाको घोषित केन्द्रीय कार्यक्रम अनुसार सोमवा पोखरा स्थित मुख्यमन्त्रीको कार्यालय अगाडी धर्ना दिने क्रममा करिव डेढदर्जन जिल्ला स्तरिय नेता कार्यकर्ता पक्राउ गरेका छन्।
राप्रपा केन्द्रको मुख्य मन्त्रीको कार्यालयमा एक घण्टा धर्ना बस्ने कार्यक्रम अनुसार धर्नामा बसेका गण्डकी प्रदेशका अध्यक्ष सहित १७ जना पक्राउ परेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले जानकारी दिए।
हिन्दु राष्ट्र घोषणा गर, नागरिकता वितरण ऐन २०७५ खारेज गर, राजा सहितको प्रजातन्त्र कायम गर सार्वपक्षिक गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रह, भष्ट्राचार अन्त्य, बोरेजगारी समस्या समाधान गर्नुपर्ने लगायत नारा लेखिएको व्यानरसहित निशेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका नेता कार्यकर्तालाइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । पक्राउ पर्नेहरुमा प्रदेश अध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी, प्रदेश सचिव बरुण बिक्रम राणा,केन्द्रीय सदस्यहरु जयलाल पुन, रोम बहादुर भण्डारी, जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, प्रदेश सदस्य नारायण गुरुङ लगायत नेता कार्यकता रहेका छन्।
Related