• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा हुने काँग्रेसका कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा

  •    शुभेच्छा न्यूज संवाददाता  /२६ चैत्र २०७५, मंगलवार १२:५५ ,  प्रकाशीत
  • पोखरा । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।यही चैत्र २८ र २९ गते हुने सम्मेलनको आवस्यक तयारी पूराभएको आयोजकले मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।

    सम्मेलनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ।सम्मेलनको मिति नजिकिएसंगै पोखराको न्युरोड क्षेत्रमा पार्टीको तारा तारे झण्डाले दुलही झै सिंगारिएको छ। पोखराका मुख्य प्रदेश द्धारहरुमा स्वागत द्धार र व्यानरहरु सजाइएको छ।

    पार्टीलाई सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने जानकारी दिए।

    ‘पार्टी भित्रको मुख्य समस्या भनेको गुटरउपगुट हो। केन्द्रीय नेताहरु बोलाएर कोषाध्यक्षहरुले एकमतले गुटउपगुट अन्त्य गर्न संन्देश दिन्छौ’ अध्यक्ष पुडासैनीले भने। ‘काँग्रेसमा तलदेखि माथी सम्म स् गुटरउपगुट अन्त्य गर्न जरुरी छ ।’

    सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह गर्ने भएको छ। त्यसैगरी देशका विभिन्न स्थानका निर्वाचन क्षेत्रहरुमा रिक्त संसद सदस्य र प्रदेश सदस्यहरुको निर्वाचन गराउन सरकारलाई दबाव दिने छ ।

    नेपाली काँगेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की काँग्रेसले सहयोग गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.