• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

न्यूरोड चौतारी लायन्समा क्षत्र बराल निर्वाचित

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ चैत्र २०७५, शुक्रबार ०७:५० ,  प्रकाशीत
  • पोखरा । लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा क्षत्र बहादुर बराल क्षत्री निर्वाचित भएका छन् । बिहिवार पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९÷२० का लागि क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

    नेपाल प्राध्यापक संघ कन्या क्याम्पसका सभापति क्षत्री विभिन्न व्यावसायिक क्षेत्र र संघसंस्थामा आबद्ध छन् ।क्लबको प्रथम उपाध्यक्षमा शिव राज बराल, द्वितीय तुलसी प्रसाद पोखरेल, तृतीय उपाध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् ।

    सचिवमा शिशिर मिश्र, सहसचिवमा गणेश सेन्सुरी, कोषाध्यक्षमा लोकबहादुर खाँड र क्लब एडमिस्ट्रेसन माधब बास्ताकोटी चयन भएका छन्।

    त्यसैगरी क्लवको मेम्वरसिप चेयर पर्सनमा रामेश्वर आचार्य, एलसिआइएफमा नरेन्द्र श्रेष्ठ, क्लव सर्भिस चेयर पर्सनमा केसरी प्रसाद तिवारी,क्लव मार्केटिङ कम्युनिकेशनमा कृष्ण लम्साल,टेमरमा माधव आचार्य, टेलटुईस्टरमा बेध प्रसाद अधिकारी, पिआरओमा पुर्ण बहादुर थापा,निर्देशकमा सन्तोष शेरचन र मुक्तीनाथ ढकाल निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक नगेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै जोनचियर पर्सन दिपक राज घिमिरेले क्लवले सामाजिक क्षेत्रमा महत्वपुर्ण कार्य गर्दै आएको बताउदै आगामी दिनमा पनि समाज सेवाका कार्यमा निरन्तर लाग्न आग्रह गरे।

    कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल,अर्जुन गिरी,पवित्र मणी पोखरेल लगायतले बोलेका थिए। क्लबका अध्यक्ष धुर्व प्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.