पोखरा। पोखरा महानगरपालिकाको वडा कार्यलयबाट स्वास्थ्य बिमा कार्ड वितरण थाािलएको छ। वडाभित्र रहेका विपन्न र असहाय नागरिकलाई महानगरपालिका वडा नम्वर १ ले स्वास्थ्य बिमा कार्ड वितरण अभियान शुरु गरेको हो ।
बिमाको पोखरा महागरनपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कार्ड वितरण गरेर सुभारम्भ गरेकी हुन् । उपप्रमुख गुरुङले महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना कार्यक्रम ल्याएको बताउदै नागरीक स्वास्थ्यप्रति सचेत रहेको बताइन् ।
उनले अहिलेको प्रमुख आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगारी रहेको बताउदै महागरनले त्यसलाई प्राथमिकतामा राख्दै त्यही अनुसार ऐन नियम बनाएको बताइन्।गुरुङले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र समेत सञ्चालनमा ल्याएको बताइन्।
वडाले विपन्न र असहाय नागरिकको स्वाथ्य बिमाका लागि विनियोजन गरेको १ लाख रुपैयाँबाट वडाभित्रका ४० घर परिवारको स्वाथ्य बिमामा गरिएको वडा अध्यक्ष शारदा कुमारी पराजुलीले बताइन््। वडाले एक परिवाको २५ सय रुपैयाँका दरले ४० परिवारको बिमा गरिदिएको हो।
‘विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अन्र्तगत वडाले विनियोजन गरेको बजेटबाट स्वास्थ्य विमा गरेर कार्ड वितरण गरेका छौ’उनले भनीन्। ‘एक जनाको कार्डबाट परिवारका पाँच जनाले ५० हजार रुपैयाँ बराबरको उपचार गर्न पाउने छन्।’
वडाले गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट दुई सय जना लाभाविन्त हुने छन् ।वडाले किटान गरेका नागरीकहरुलाई शुक्रबार कार्ड वितरण गरिएको छ। पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपलब्ध सुविधाको उपयोग गर्न आग्रह गरे । उनले नियमित स्वास्थ्य परिक्षण गर्न समेत आग्रह गरे ।
स्वास्थ्य बिमा बोर्ड गण्डकीका संयोजक जीवराज खरेलले कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले सरकारले कार्यक्रम ल्याएको बताए । उनले ४२ जिल्लामा कार्यक्रम संञ्चालन भैरहेको बताए।
सरकारले तीन बर्ष अधिसुरु गरेको स्वास्थ्या बिमा कार्यक्रममा कास्कीबाट १ लाख ३ हजारले जनाले स्वास्थ्य बिमा गराइ सकेका छन।

Related