गुल्मीको सँस्कृत माध्यामिक बिद्यालय जहाँ बिद्यार्थी भर्ना हुनै आएन
कृष्ण अन्जान ज्ञवाली /३ बैशाख २०७६, मंगलवार ०९:४४ , प्रकाशीत
रिडी गुल्मी ३ बैशाख । रुरु क्षेत्रको रिडीबजारमा रहेको सँस्कृत माध्यमिक विध्यालयले अरु विध्यालयले जस्तै सरकारले आह्वान गरे बमाजिम भर्ना अभियान शुरु त गरेको छ तर सँस्कृत पढ्नै भनेर आउने विध्यार्थिको स्रोत भने छैन ।
विद्यालयका प्राचार्य भोजराज गौतम भर्ना अभियानमा छन तर सँस्कृत नै पढ्न भनेर आउने बिद्यार्थी नभेटिएको गुनासो गर्छन ।उनका अनुसार सँस्कृत शिक्षाका लागि सँस्कृत माध्यमिक विध्यालयमा पढने बिदार्थीलाई राज्यले विशेष व्यवस्था गर्नु पर्छ।
यहि सँस्कृत माध्यमिक विध्यालय हो जहाँ सस्कृत पढ्ने बिद्यार्थी न्युन भएपछि साधारण माध्यमिक विद्यालयको रुपमा पनि अध्य्यन हुनेगरि अनुमति ल्याएर पठनपाठन शुरु गरिएको प्राचार्य गौतमले बताए ।
राणा शासनकाल जतिबेला नेपालमा शिक्षाको सामान्य विकास हुँदै थियो त्यहि समयमा विक्रम सम्बत १९५९ मा सँस्कृत वाङ्मय मा निहित ज्ञान विज्ञानलाइ प्रकाशमा ल्याउन श्री ५ पृथ्वी विर विक्रम शाहदेवको निर्देशनमा रिडीमा सँस्कृत पाठशाला स्थापना भएको इतिहासमा उल्लेख छ ।
तर स्वर्गीय विद्वान डाक्टर टिकाराम पन्थीद्दारा लिखित लघुशोध निबन्धमा रिडी सँस्कृत पाठशालाको स्थापना १९६९ मा भएको भनेर लेखिएको आधारमा यो पाठशालाको स्थापनाको मिति यहि कायम गरिएको छ ।
गुरुकुल परम्परालाइ आत्मसात गर्दै रुद्री
चण्डी ,वेद ,कौमुदी अमरकोश लगाएतका भाषा पढाइ हुने सँस्कृत पाठशाला हुँदै हालको सँस्कृत माध्यमिक विध्यालयमा रुपान्तरित भएको हो ।यो विध्यालय शुरुमा रिडी बजारको लामाचौपारीमा सन्चालनमा थियो र पछि यो विध्यालय स्थानिय विष्नुपन्जरमा सर्याे र सुविधा सम्पन्न भवनमा सन्चालित छ र हाल विध्यालय रहेको भवन भारत सरकारको पहलमा निर्माण गरिएका सुविधा सम्पन्न भवन हो ।
सँस्कृत सँगै साधारण माध्यमिक विध्यालयका विषय हरुको अध्य्यन अध्यापन हुन सक्ने विशिष्ठ विध्यालयको रुपमा यो विध्यालय रहेको शिक्षक ज्ञानेश्वर ज्ञवालीको भनाइ छ ।
यद्यपि पछिल्लो पटक धर्म सँस्कृति सभ्यता परम्परा र रिती रिवाज चिनाउने सँस्कृत वाङ्मय माथिको प्रहारका कारण करिव करिव सँस्कृत शिक्षा लोप हुने अवस्थामा रहँदा नेपालका यि सँस्कृत माध्यमिक विध्यालयहरु ले सँस्कृत शिक्षालाइ अहिले सम्म धान्ने प्रयास गरेपनि सरकारले राज्यले यसतर्फ ध्यान नदिने हो भने यो प्रयास धेरै समय धान्न नसकिने शिक्षक ज्ञवालीको धारणा छ ।
यस विध्यालयको नवलपरासी जिल्ला सुर्यपुरा बेदौलि प्रसौनिमा करिव ८ सय विघा जग्गा रिडी सदावर्त गुठीको नाममा रहेपनि त्यसको आयस्ता विध्यालयले प्राप्त गर्न सकेको छैन ।
पछिल्लो तथ्यांक अनुसार विध्यालयमा कक्षा ६ देखि १२ सम्म २०६ जना विध्यार्थि निजी श्रोत २ स्थायी दरवन्दी १० र कर्मचारी २ गरि १४ जना कार्यरत छन ।
तर पछिल्लोपटक तल्लो कक्षा हरुमा आउने विध्यार्थिको स्रोत कम र सँस्कृत शिक्षा प्रतिको आकर्षण कम हुँदा सँस्कृत विध्यालयहरु सँकटमा देखिएकाले राज्यले बेलैमा सोँच्नु पर्ने देखिन्छ ।

Related