• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार गिरीको रिहाइको माग गर्दै पोखरामा धर्ना

  •    शुभेच्छा न्यूज संवाददाता  /४ बैशाख २०७६, बुधबार ११:५९ ,  प्रकाशीत
  • पोखरा । ठगी गरेको भन्दै पोखराका ब्यवसायी विपिन बतासको वारेमा समाचार लेखेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डौं (सिआइबि) द्धारा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै कास्कीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

    गिरीको रिहाइको माग गर्दै कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरुले धर्ना दिएका हुन् ।पत्रकार महासंघ कास्कीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक एक घण्टा धर्ना दिएका हुन् ।

    बिद्युतिय कारोवार ऐनको दफा ४७ र ४८ ऐन खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगाएतका ब्यानर तथा प्लेकार्डहरु बोकेर बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध प्रदर्शन गरेका हुन्।

    धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशा अध्यक्ष त्रिभुवन पौडेलले पत्रकार अर्नुन गिरीको गिरपm्तारिका बिरुद्ध महासंघले चरणबद्ध आन्दालन थालेको बताए। उनले सरकारले ल्याएको बिद्युतिय कारोवार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गरे। ‘सरकारले पक्रकारलाई तर्साउन ल्याएको बिद्युतिय कारोवार ऐनको दफा ४७ र ४८ खारेज हुनै पर्छ’ उनले भने। ‘सरकारले यो ऐन खाजेर नगरे सम्म हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ।’

    पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले मुलुकी ऐनको दफा ४७ र ४८ खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै धर्ना कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

    नेपाल पत्रकार महासंघ केन्द्रले घोषणा गरेका कार्यक्रम अन्तर्रगत कास्की शाखाद्धारा धर्ना कार्यक्रमको आयोजना गरेको हो।महासंघ केन्द्रले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने निर्णय गरेको छ । त्यसैगरी महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

    पक्राउ परेका गिरीलाई हिजो जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.