• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

किशोरी बलात्कार आरोपमा पक्राउ परेका श्रेष्ठ ५ लाख धरौटीमा रिहा

  •    शुभेच्छा न्यूज संवाददाता  /४ बैशाख २०७६, बुधबार १५:५४ ,  प्रकाशीत
  • पोखरा ।बलात्कार आरोपमा पक्राउ परेका पोखराका सुन्दरकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । किशोरीलाई बलत्कार गरेको आरोपमा पक्राउ परेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका उनलाई कास्की जिल्ला अदालतले बुधबार ५ लाख धरौटीमा रिहा गरेको हो ।

    मुलुकी अपराध संहिताको २१९ (३) अन्तर्रगत १० देखि १२ बर्षसम्म कैद र क्षतिपूर्तिको मागदावी गर्दै प्रहरीले श्रेष्ठ बिरुद्ध जवरजस्ती करणी मुद्धा दायर गरेको थियो। उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले धरौटीमा छाड्न आदेश दिएका हुन्

    १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र एनआइसी एशिया पस्र्याङ शाखाका म्यानेजर सुवास सुबेदीलाई कास्की प्रहरीले चैत्र १८ गते पक्राउ गरेको थियो । उनीहरु दुवैले एउटै किशोरीमाथि यौन कार्य गरेको आरोप लागेको थियो।

    श्रेष्ठले पटकपटक बलात्कार गरेको र सुबेदीले यौन दुब्र्यबहार गरेको आरोपमा प्रहरीले अदालतमा पेश गरेको थियो। त्यसपछि पटकपटक म्याद थप गरी अनुसन्धान गरिएको थियो ।

    यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका सुव्दीलाई अदालतले गतहप्ता तीनलाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बालयौन दुव्र्यबहार अन्तरर्गत ३ बर्षसम्म कैद र ३० हजारसम्मको जरीवाना माग गरिएका सुवेदी तीन लाख रुपैँया धरौटीमा रिहा भएका हुन् । उनलाई मुलुकी अपराध संहिताको २१९ (३) अन्तरर्गत १० देखि १२ बर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको थियो।

    प्रतिष्ठित ब्याक्तीद्धारा एउटै किशोरीमाथि बलात्कार र यौन दुव्र्यवहार
    १६ वर्षीया किशोरी लेकसाइडमा एक ब्याक्तीको घरमा बस्दै आएकी थिइन्। उनले लेकसाइडका पहारी थरका ब्याक्तीको घरमा विगत ६–७ वर्षदेखि काम गर्दै स्थानीय एक विद्यालयमा कक्षा ८ मा पठ्दै आएका थिइन्।

    पहारीका छिमेकी श्रेष्ठ र नातेदार सुबेदीले ति किशोरीलाई विभिन्न बहानमा यौन हिंसा गर्न थालेपछि उनले एक्कासी घर छाडेर भागीन्। त्यसपछि किशोरीले साथीसंग घट्नको वारेमा बताएपछि स्थानीयको सहयोगमा उनले प्रहरीमा उजुरी गरेपछि श्रेष्ठ र सुवेदी पक्राउ परेका थिए।

    किशोरीले सुन्दर श्रेष्ठले यौन सम्पर्क गर्न बाध्य परेको र सुबेदीले संवेदनशील अंग चलाएर यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाएकी थिइन्।पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा २०७४ जेठमा नियुक्त भएका हुन् । उनी पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष, होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष, रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष समेत हुन्।

    त्यसै गरी सुबेदी एनआइसी एशिया पस्र्याङ शाखाको प्रमुखका रुपमा नियुक्त भएका थिए । यसअघि उनी दुलेगौंडामा थिए । सुवेदी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.